१ जेठ, रुकुम । वैवाहिक सम्बन्धको विषयमा विवाद हुँदा रुकुम विजयश्वरी गाविस-३ लामिछाने गाउँका पाँचजना घाइते भएका छन् ।
झडपमा दुलाहा महेश आचार्यसहित जगतप्रसाद शर्मा, गणेश शर्मा, सरस्वती शर्मा र मैसरा शर्मा घाइते भएका हुन् ।
लामिछानेगाउँ निवासी महेश आचार्य र कान्ता आचार्यबीचको वैवाहिक सम्बन्धलाई लिएर भएको झडपमा गम्भीर घाइते दुलाहा महेश आचार्यलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।
आचार्यको टाउको र ढाडमा गहिरो चोट लागेको बताइएको छ । अन्य घाइतेहरुको भने मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires