बुहारी बेच्ने पक्राउ


डडेलधुरा, जेष्ठ २ - बुहारीलाई फकाएर भारतमा लगि बिक्री गरेको अभियोगमा एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरि मानव बेचबिखन अपराध ऐन अनुसार कारवाही प्रकृया अघि बढाएको छ । 
डडेल्धुरा भित्रीमधेस जोगबुडा गाविस- ४ काजीगडा बस्ने गोपाल धामीलाई  प्रहरीले हिरासतमा राखेर कारवाही अघि बढाएको हो । अभियुक्त धामीले आफ्नै बुहारी नाता पर्ने जोगबुडा-४ कााजीगडाकी देवादेवी धामीलाई भारतमा लगी बेचेको पीडित महिलाका आफन्तहरुको आरोप छ । आफन्तजनहरुका अनुसार गत चैत २० गतेबाट देवा घरबाटै एकाएक बेपत्ता भएपछि खोजबिनका क्रममा उनलाई बैशाख १८ गते भारतको लुहाघाटमा एक नेपाली ब्यापरीसंग बेचेको अबस्था भेटेका थिए । बेचिएकी देवाका घरपरिवारले उनलाई बेचिएको थाहा पाएपछि कानूनी कारवाही शुरु गरेका हुन् । भारतमा लगेर बेचेपछि फरार रहेका अभियुक्त धामीलाई ससुरालीबाट समातेर गााउलेले प्रहरीलाई बुझाएका थिए । जोगबुडाको सिमा चौकी तातोपानीबाट आइतबार जिल्ला प्रहरी कार्यालयमा झिकाई अभियुक्त धामी बिरुद्ध मानव बेचविखन अवराध ऐन अनुसार कारवाही प्रकृया थालिएको जिल्ला प्रंहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी अर्जुन चन्दले बताए ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login