आज कानुन दिवस


२६ वैशाख, काठमाडौँ । आज कानुन दविस । दिवसका अवसरमा न्याय क्षेत्रमा क्रियाशिल संस्था एवम् व्यक्तिहरुले मुलुकभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
२००७ सालमा नेपालमा पहिलो पटक न्यापालिका कार्यपालिकाबाट स्वतन्त्र निकायका रुपमा स्थापित भएपछि २००८ साल वैशाख २६ गते आजकै दिन पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ । कानुन व्यवसायीले २०३१ साल वैशाख २६ गतेदेखि हालसम्म लगातर यो दिवस मनाउँदै आएका छन् । दिवसका अवसरमा जिल्ला, पुनरावेदन र सर्वोच्च अदातलका साथै निजी ल र्फमहरुमा कार्यरत कर्मचारीलाई विदा दिइएको छ ।
यसैबीच दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश खिलराज रेग्मीले स्वतन्त्र न्यायपालिकाको भूमिका र दायित्व पछिल्लो समय झन बढेको भन्दै न्यायमा सर्वसाधारणको सहज पहुाच पुर्‍याउन लागि पर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । दिवसका अवसरमा प्रधान्न्याधशि रेग्मीले अपरान्ह चारबजे सर्वोच्च अदालतमा चियापान कार्यक्रम आयोजना गर्नुभएको छ ।
चियापनमा राष्ट्रपति डा. रामवरण यादव, उप-राष्ट्रपति परमानन्द झा, कार्यवाहक प्रधानमन्त्री भरतमोहन अधिकारी, सभामुख सुवास नेम्वाङ लगायतको उपश्थिति रहने बताइएको छ ।



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login