जाँचै नदिई प्रधानअध्यापककी पत्‍नी उत्तीर्ण

कलेन्द्र सेजुवाल, सुर्खेत, वैशाख २६- पूर्वी सुर्खेतको काफलकोटस्थित जीवनज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापककी पत्नीसहित तीन जना ८ कक्षाको जिल्लास्तरीय परीक्षामा सहभागी नभइकनै उत्तीर्ण भएका छन्।    विद्यालयका अन्य शिक्षक र अभिभावकहरुले उजुरी दिएपछि जिल्ला शिक्षा कार्यालयले छानबिन थालेको छ। स्थानीयका अनुसार प्रधानाध्यापक रेशम महताराकी पत्नी निर्मला र गणित-शिक्षक हरिनारायण यादवकी आफन्त सुनिता यादव र जीवछ यादव परीक्षा नदिएरै उत्तीर्ण भएका हुन्। विद्यालयमा भर्ना नभएका उनीहरुले परीक्षा फारमसमेत नभरेका स्थानीयको आरोप छ। तीनजनाको जिल्लामा पठाइएको रेकर्ड र नक्कली उत्तर पुस्तिकामा पनि फरकफरक नम्बर उल्लेख रहेको स्थानीय एक शिक्षकले बताए।  ८ कक्षाको जिल्ला स्तरीय परीक्षाको उत्तरपुस्तिका स्रोत केन्द्रमा जाँचिने व्यवस्था भए पनि तीन विद्यार्थीको विद्यालयमै जाँचेको पाइएको छ। शिक्षक यादवले सुनिता र जीवछलाई गणितमा ४०/४० नम्बर दिएका छन्।  गत चैतमा सम्पन्न परीक्षामा विद्यालयबाट परीक्षामा सहभागी १ सय २८ मध्ये १५ जनामात्र उत्तीर्ण भएका थिए। स्थानीय अभिभावक घनश्याम केसीले विद्यालयमा नियमित विद्यार्थी अनुत्तीर्ण भई विद्यालयमा अनुहारै नदेखिएका विद्यार्थी उत्तीर्ण हुँदा आश्चर्य लागेको बताए।  ‘विद्यालयमा नियमित पढेर परीक्षामा सहभाभी भएका थुप्रै विद्यार्थी फेल भएका बेला विद्यालयमा कहिल्यै नदेखिएका अनुहार पास भएपछि हामी आश्चर्यमा पर्‍यौँ,' उनले भने, ‘यसको रहस्य खोज्दै जाँदा त उनीहरु नक्कली विद्यार्थी भएको पाइयो।'  जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले घटनाबारे थाहा पाउने बित्तिकै छानबिनको लागि श्रोतकेन्द्रमा पत्राचार गरिसकिएको बताए। ‘प्रअ र शिक्षकले त्यस्तो अपराध गरेको पाइएमा उनीहरुमाथि कडा कारबाही हुन्छ,' जिशिअ उपाध्यायले भने। यसबारे आरोपित प्रधानाध्यापक महतारासँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login