१ टन चरेससहित १२ पक्राउ


काठमाडौं, चैत्र ११ - प्रहरीले राजधानीको बाडभन्ज्याङबाट १ टनभन्दा बढी लागूपदार्थ चरेससहित दस जनालाई पक्राउ गरेको छ । लागूऔषध कानुन कार्यान्वयन इकाइ नयाँ बानेश्वरले १ हजार २ सय ४० किलो चरेससहित मकवानपुर र पर्साका उनीहरूलाई पक्राउ गरेको हो ।
इकाइका एसएसपी देवेन्द्र सुवेदीका अनुसार पक्राउ पर्नेमा मकवानपुरका गोपाल कार्की, पर्साका हीरा रावत, अनिलकुमार दास र विजयकुमार साह छन् । काठमाडौंको बाडभन्ज्याङ गाविसमा लुकाइराखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको थियो । प्रहरीले मकवानपुर र धादिङमा लागूऔाषध संकलन गरेर हेटौंडा-पथलैया हुँदै भारतमा पुर्‍याउने अनुमान गरेको छ । 'विभिन्न नाकाबाट भारतको मधुवन जिल्लामा पुर्‍याएर कारोबार गर्ने गरेको पाइएको छ,' एसएसपी सुवेदीले भने, 'संगठित गिरोह सक्रिय भएर कारोबार गरेको छ ।'
यही समूहसँग मिलेर कारोबार गर्ने अर्को समूह पनि पक्राउ परेको छ । नेपाल र भारतमा लागूऔषधको कारोबारका मुख्य नाइके भारतीय नागरिक रञ्जित सिंहसहित तीनजना समातिएका छन् । भारतीय नम्बर प्लेटको गाडीमा फल्स बटम बनाएर बिक्री गर्न काठमाडौं ल्याइरहेको अवस्थामा प्रहरीले भारत उत्तरप्रदेशका सिंहसहित अरुणकुमार यादव र अभिनाश मिश्रलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरूको साथबाट २ सय किलो चरेससमेत बरामद गरेको छ ।
उनीहरूको  यूपी ७६ एफ २०५१ नम्बरको टाटा स्पाको गाडीसमेत बरामद गरेको छ । उक्त गाडीमा फल्स बटम बनाएर लागूपदार्थ लुकाइएको थियो । प्रहरीले उक्त गाडी लागूऔषधको कारोबारकै मुख्य प्रयोजनका लागि बनाइएको समेत दाबी गरेको छ । 'लागूऔषध वा हातहतियार लुकाउन मिल्ने गरी फल्स बटमहरू बनाइएका छन्,' एसएसपी सुवेदीले भने ।
नाइके सिंह लागूऔषध कानुन कार्यान्वयन इकाइले खोजी गरिरहेका मोस्ट वान्टेडसमेत रहेको प्रहरी दाबी छ । 'सिंह वीरगन्जबाट भारतको रक्सौल फरिदावाद, कानपुर, आग्रा र गोवामा लागूऔषध पुर्‍याउने व्यक्ति हुन्,' सुवेदीले भने ।
यस्तै मकवानपुरमा गाँजा उत्पादन गरेर भारतीय बजारमा बिक्री गर्ने धनबहादुर गोले पक्राउ परेका छन् । उनलाई एक सय असी किलो चरेससहित प्रहरीले पक्राउ गरेको हो । उनी पनि लागूऔषध कानुन कार्यान्वयन इकाइले लामो समयदेखि खोजी गर्दै आएका मुख्य व्यक्ति हुन् । धादिङमा लागूऔषध चरेसको कारोबार गर्ने विजय तामाङ र रमेश तामाङ ५० किलो चरेससहित समातिएका छन् ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login