संतोष यादब लहान,११ चैत्र देशको शिक्षाको फलामको ढोकाको रुपमा मानिएको एस.एल.सी. संचालन भईरहेको बेला अधिकांश जिल्लाहरुमा संचारकर्मीहरुले सो परीक्षाको प्रभावकारी अनुगमन गरि समाचार संकलन गर्ने अवसर पाईरहेको वेला सिरहामा भने राष्ट्रियस्तरका संचार माध्यमहरुमा आवद्ध अघिकांश संचारकर्मीहरुले अनुगमनको अनुमति पाउन नसकेको कारण समाचार संकलनबाटै बंचित हुन पुगेका छन् ।
सोका लागि संचारकर्मीहरुले पास उपलब्ध गराउन पटक पटक आग्रह गर्दा समेत सो आग्रहलाई परिक्षा समन्वय समितिले बेवास्ता गरेका कारण सक्रिया रुपमा लागिरहेका संचारकर्मीहरु समाचार संकलन र सम्प्रेणबाट बंचित हुन पुगेका हुन् ।
परीक्षामा हुने अमर्यादित क्रियाकलापहरुको बारेमा संचारमाध्यममा नआओस भन्ने उद्देश्य अनुसार संचारकर्मीहरुलाई अनुगमनबाट नियोजित रुपले बंचित गराईएको समन्वय समितिमा संलग्न एक श्रोतले उल्लेख गरेको छ ।
यसैवीच जिल्ला शिक्षा अधिकारी अम्बिका कुमारी साहले पत्रकार महासंघ मार्फत सातवटा पास उपलब्ध गराएकोमा कसलाई भयो भएन भन्ने जानकारी नआएको तर संचारकर्मीको नामबाट अनुगमनमा प्रबेस गर्ने ब्यक्तिद्वारा नै परीक्षा हलभित्र चिट चोराएर अमर्यादित कार्य गरिरहेको आरोप लगाउनुभयो ।
जिल्ला शिक्षा अधिकारी साहको उक्त अभिब्यक्तिप्रति जिल्लामा कार्यरत संचारकर्मीहरुले आपत्ति जनाउँदै त्यस्ता कार्य गर्नेको नाम सार्वजनिक गर्न र आवश्यक कार्वाही गर्न समेत माँग गरेका छन् ।

0 commentaires