गद्दाफी निवासमै आक्रमण


त्रिपोली , चैत्र ८ - पश्चिमेली गठबन्धन फौजले लिबियाली शासक मुअमर गद्दाफीको त्रिपोलीस्थित निवासमै क्षेप्यास्त्र प्रहार गरेका छन् । आइतबार राति लगातार गरिएको क्षेप्यास्त्र आक्रमणबाट गद्दाफी सरकारको 'कमान्ड कन्ट्रोल' का साथै एक प्रशासकीय भवनसमेत ध्वस्त भएको छ ।
आक्रमणका बेला गद्दाफी त्यहाँ भए/नभएको यकिन छैन । रातभर आक्रमण गरिए पनि त्यो व्यक्तिगत रूपमा गद्दाफीविरुद्ध लक्षित नभएको गठबन्धन मुलुकका अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रसंघीय प्रस्तावनाले गद्दाफीविरुद्ध जाइलाग्न अनुमति नदिएको बेलायती सुरक्षा प्रमुख डेभिड रिचार्डले बताए । फ्रान्सेली रक्षा मन्त्रालय प्रवक्ता लरेन्ट टेस्सिरले लिबियाली शासक रहेको ठाउँ थाहा भए पनि उनीमाथि आक्रमण नहुने जनाए । गठबन्धन फौजको कारबाही लिबियाली सेना र हवाई सुरक्षा प्रणालीविरुद्ध केन्दि्रत रहेको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अधिकारी विलियम गोर्टनीका अनुसार त्रिपोली र विद्रोहीको पकड रहेको बेंगाजीको हवाईस्थल गठबन्धन फौजको नियन्त्रणमा छ । गद्दाफी निवास परिसरमा आक्रमण हुनु अघिल्लो दिन उनका समर्थकहरू त्यहाँ पुगी 'आवश्यक परे आफूहरू मर्न तयार रहेको' बताएका थिए । तर आक्रमणका बेला उनीहरू त्यहाँ रहे/नरहेको थाहा हुन सकेको छैन ।
राति थुप्रै पटक विस्फोटका आवाज सुनिएको र गद्दाफीको सैन्य आधार रहेको बब अल अजिजिया भवनबाट धूवाँको मुस्लो देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् ।
लिबिया सरकारका प्रवक्ताले पश्चिमेली गठबन्धन सैनिकको आक्रमण गैरसैनिक क्षेत्रमा समेत भएको बताएका छन् । युरोपेली युनियनले भने कारबाहीमा सर्वसाधारणलाई केही नभएको दाबी गरेको छ । गठबन्धन फौजमा अमेरिका, बेलायत र फ्रान्सका सैनिक छन् । नेटोले पनि आफ्ना सदस्य राष्ट्रहरूलाई लिबियाली सरकारविरुद्धको कारबाहीमा खटाउने तयारी गरिरहेको छ ।
आइतबार रातिसम्म बेंगाजीको पश्चिम सहर मिस्रटामा गद्दाफी समर्थक फौजले बमबारी रिरहेको स्थानीयले बताए । विद्रोही प्रवक्ताले मिस्रटामा गद्दाफी समर्थक फौजले सर्वसाधारणलाई आक्रमणका लागि ल्याएको बताए । आन्दोलनकारीले पूर्वी सहर अज्दाबिया कब्जाको प्रयास गरिरहेका छन् ।
कतारले ४ विमान पठायो
यसैबीच कतारले लिबियाली आकाशमा 'उडान निषेध' कार्यान्वयनमा सघाउन भन्दै ४ विमान पठाएको अमेरिकी र फ्रान्सेली अधिकारीले बताएका छन् । गद्दाफीले गत महिनादेखि आन्दोलनकारीमाथि आक्रमण गर्दै चर्को दमन थालेपछि राष्ट्रसंघले लिबियामाथि कारबाही प्रस्ताव पारित गरेको थियो । लगत्तै फ्रान्सले हवाई आक्रमण थालेको थियो । अनि अमेरिकी र बेलायती फौजले पानीजहाजबाट क्षेप्यास्त्रहरू प्रहार गरेका थिए ।
रुसको विरोध
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले भने लिबियामा कारबाही गर्ने राष्ट्रसंघको प्रस्ताव 'गलत' भन्दै विरोध गरेका छन् । 'यसले लिबियामा जेसुकै गर्न छुट दिएको छ,' उनले सोमबार मस्कोमा भने, 'यो लडाकुका लागि मध्ययुगीन आह्वानजस्तै छ ।' लिबियामा हस्तक्षेप गर्नेबारे सुरक्षा परिषद्को मतदानमा रुस र चीनलगायत केही मुलुक तटस्थ थिए । चीनको सरकारी पत्रिका 'पिपल्स डेली' ले अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको बताएको छ ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login