लिवियामाथि अन्तराष्ट्रिय सैन्य आक्रमण



हतियारको साँचो नागरिकलाई खुल्ला : गद्दाफी


६ चैत्र, काठमाडौं । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले लिवियालाई उडान निषेधित क्षेत्र घोषणा गरेलगत्तै अन्तराष्ट्रिय सैन्य आक्रमण सुरु भएको छ । अमेरिका, बेलायत र फ्रान्सका सैनिकले संयुक्त रुपमा लिबियामाथि क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेका हुन् ।
राजधानी त्रिपोली, प्रमुख सहर मिस्राटा र आसपासका क्षेत्रमा १ सय १० भन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको छ । सुरुमा फ्रान्सले आक्रमण सुरु गरेपछि अमेरिकी र बेलायती सैनिकले आक्रमण गरेका थिए । लिबियाका २० सैनिक केन्द्रमा क्रुज क्षेप्यास्त्रमार्फत आक्रमण गरेको अमेरिकी रक्षामन्त्रालय पेण्टागनले जनाएको छ ।
आक्रमणबाट लिबियाली सैनिक केन्द्रका बख्तरबन्द, हतियार र भवनहरुमा क्षति भएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
हतियारको साँचो नागरिकलाई खुल्ला : गद्दाफी
यसैबीच लिबियाली नेता कर्नेल मुआमार गद्दाफीले प्रत्याक्रमणका लागि आफ्ना हतियार भण्डारको साँचो नागरिकका लागि खुल्ला गरिएको बताउनु भएको छ । औपनिवेशिक शक्तिका विरुद्ध तथा देशको एकता र गौरव रक्षा गर्न लिवियाली नागरिकलाई आह्वान गर्नुभएको छ ।
उहाँले भुमध्य सागर र उत्तर अफि्रकी क्षेत्र युद्धस्थलमा परिणत भएको बताउनु भएको छ ।
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. aaba k biswo uddha (world war) surubhaye kai hota......

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login