६ चैत्र, काठमाडौं । आपसी सद्भाव र रंगहरुको पर्व होली आइतबार पूर्वी र मध्य नेपालको तराइबासीले हर्षोल्लासका साथ मनाइरहेका छन् । सरकारले आज तराइका जिल्लाहरुमा होलीको अवसरमा सार्वजनिक विदा दिएको छ ।
विभिन्न पेशा, जाती र समुदायका मानिशहरु एक अर्कामा रंग, अविर दलेर मेलमिलापको रुपमा मनोरञ्जनपूर्वक होली मनाईरहेका छन् । सर्वसाधारण घर घरबाट र सडकमा निस्किएर होली मनाइरहेका छन् ।
होलीको अवसरमा उच्छृंखल गतिबिधि हुन नदिन स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था अपनाएको छ । होलीमा सुरक्षा प्रदान गर्न कोही पनि सुरक्षाकर्मीलाई घर विदा नदिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसअघि हिजो राजधानी काठमाडौंलगायत पहाडी जिल्लाहरुमा शनिबार होली पर्व मनाइएको थियो ।
source:-onlinekhabar









0 commentaires