नेपालको कुल गार्हस्थ उत्पादन दक्षिण एसियामै कम


९ चैत्र, काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन दक्षिण एसियामै सबैभन्दा कम भएको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ । दक्षिण एसियामा भुटानको १२ प्रतिशत, बङ्गलादेशको ६ प्रतिशत र भारतको ९ प्रतिशत कुल गार्हस्थ उत्पादन भएकोमा नेपालको चालू सात महिनामा तीन दशमलव ४७ प्रतिशत हुने अनुमान गरिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको चालू आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनलगायत अन्य समष्टिगत आर्थिक सूचकको सार्वजनिक समारोहमा तथ्याङ्क विभागका निर्देशक सुमन अर्यालले उत्पादन व्यवस्था ओरालो लाग्दै गएको बताउनुभयो ।
कृषि, पर्यटन, विद्युत्, वन पैदावारको प्रचूर सम्भावना भए पनि उल्लिखित क्षेत्रको उत्पादन बढ्न नसकेकै कारण कुल गार्हस्थ उत्पादन ओरालो लागेको विभागको ठम्याइँ छ । चालू आर्थिक वर्षको कृषि क्षेत्र -कृषि, वन तथा मत्स्य) को कुल गार्हस्थ उत्पादनको वृद्धि ४.११ र गैरकृषि क्षेत्रको ३.०९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।
औद्योगिक उत्पादन सूचकाङ्क अनुसार भटमासको तेल, बिस्कुट, बियर, हल्का पेयपदार्थ, जुट, छाला, कागज तथा कागजजन्य वस्तु, प्लास्टिक, कङ्क्रिट तथा ह्युमपाइप, फलामे छड, जीआई पाइप, बिजुलीको तारलगायतको उत्पादनमा आएको कमीले समेत नेपालको कुल गार्हस्थ उत्पादनमा कमी आएको हो ।
तोरीको तेल, चामल, गहुँको पिठो, तयारी पोसाक, ल्युब आयल, पेन्ट्स, औषधि, साबुन, इँटाजस्ता वस्तुमा वृद्धिदर धनात्मक देखिएको छ । मत्स्यपालन क्षेत्रमा आ.व. २०६६/६७ को तुलनामा चालू आर्थिक वर्षमा ६.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । होटल तथा रेस्टुराँ क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ७.३७ प्रतिशतले कुल गार्हस्थ उत्पादनमा वृद्धि हुने पूर्वानुमान रहेको छ । यातायात, सञ्चार तथा भण्डारण क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा ७.१५ प्रतिशतले कुल गार्हस्थ उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०६६/६७ को तुलनामा चालू आर्थिक वर्षमा वित्तीय मध्यस्थता क्षेत्रमा ३.८९ प्रतिशतले कुल गार्हस्थ उत्पादनको वृद्धिदर हासिल हुने पूर्वानुमान विभागले गरेको छ । त्यसैगरी रियलस्टेटमा २.६, सार्वजनिक प्रसारणमा २.९, शिक्षामा २.८९ र स्वास्थ्यमा ५.८८ प्रतिशत कुल गार्हस्थ उत्पादनको वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login