पशुपतिमा असली नागा बाबा


रुबी रौनियार, काठमाडौं, फागुन १७- शरीरभरि ३१ किलो तौलको ११ हजार रूद्राक्ष धारण गरेका र सेतो खरानी घसेका निर्वस्त्र नागा बाबा पशुपतिनाथको मन्दिर प्रवेश गर्ने पश्‍चिम ढोकामा हातमा कमण्डल लिएर उभिएर मन्दिरभित्र आउनेलाई आशिक दिइरहेका थिए। त्यही मन्दिरभित्र अन्य नागाबाबाहरुले मयुरको प्वाँख भएको कुचोले भक्तजनको टाउकोमा पिटेर जबरजस्ती आशिक दिएबापत पैसा मागिरहेका थिए। उनी भने आफ्नो रूद्राक्ष र खरानीरुपी पहिरनमा मन्दिरभित्र आउने भक्तजनलाई निस्वार्थ आशिक दिइरहेको भेटिए।


मंगलबारै विहान भारतको जमुकाश्मिरबाट आएका महेन्त भैरवचेतन गिरी नागा बाबा मन्दिर परिसरभित्र रहेका अन्य नागाबाबाभन्दा बिलकुलै अलग देखिन्थे। अन्य नागा बाबाले खरानीलाई आफ्नो वस्त्र बनाएका थिए भने गिरीले रूद्राक्षलाई। 
उनलाई पशुपतिनाथको मन्दिरभित्र हेर्ने भक्तजनको घुइँचो नै थियो। शिवको इच्छा शक्तिले नै मानिसको मनमा नागा बन्ने इच्छा शक्ति उत्पन्न हुन गई त्यो ब्यक्तिमात्र नागा बाबा बन्ने गरेको उनले नागरिकन्युजसँग बताए।
'सन्यासीको इच्छा नै शिव इच्छा हुन्छ' उनले भने- रूद्राक्षधारी नागा बाबा शिवरुप हुन्छ । उत्तर प्रदेशको जलान जिल्लाको उरइ गाविस घर भएको यी नागाबाबाले साढे तीन वर्षको उमेरमै घर त्यागेका रहेछन्।
५ दिदी बहिनी र ५ दाजुभाइमा यी कान्छा बाबालाई उनको परिवारले साढे तीन वर्षकै उमेरमा एक नागालाई पुत्र दान गरेका रहेछन्। उनकी आमाले गिरीमा बाल्यकालदेखि नै शिवभक्ति देखेर नागाबाबाको साथमा पठाएकी रहिछन्।
 २४ वर्षीय गिरीले सन्यासी जीवनमा लागेपछि परिवारसँग कुनै सम्बन्ध नरहेको बताए। 'त्याग नै सन्यास हो' उनले गर्वसाथ भने- आफ्नो सबै इच्छा नष्ट गरेरै सन्यासी होइन्छ। नागाबाबा गिरीलाई रूद्राक्ष धारण गर्न १ घण्टा समय लाग्ने गरेको उनले बताए।
दिसा-पिसाब लागेमा उनले रूद्राक्षलाई निकालेर जाने गर्छन्। गिरीका अनुसार शिवको बाल्य रुपलाई नागा भनिन्छ। नागाहरु सबै आफूलाई शिवको बाल्यरुपमै मान्ने गरेका छन्। त्यसैले त उनले पनि मन्दिर परिसरभित्र आउने सबै उमेरका महिलालाई 'माता' भनेर सम्बोधन गरिरहेका थिए।
मन्दिर परिसरमा बलिरहेको धुनी नजिकै बसेर उनले भावुक हुँदै भने 'मानिसले हामी नागालाई देखेर नकरात्मक सोच्छन् तर हामी शिवको बाल्यरुपमा आफूलाई मान्छौं।' उनको भोले स्वरुप देखेरै भक्तजनले दान दक्षिणा दिरहेका थिए।
प्राप्त गरेको दक्षिणाले के गर्नु हुन्छ? भन्ने नागरिककर्मीको जिज्ञासामा उनले भने 'जम्मा भएको दक्षिणाले बिहीबार नेपालकै भक्तलाई उपहार किनेर दिन्छु।' नेपाल पहिलोपटक आएको उनले बताए। धार्मिक मान्यताअनुसार भारतमा रहेको केदारनाथको दर्शन गरेपनि पशुपतिनाथको दर्शन गरेरमात्र धाम पूरा हुने भएकाले उनी पशुपतिनाथको दर्शन गर्न शिवरात्रीको अवसरमा आएको जनाए।
धार्मिक शास्त्रअनुसार शिवको शरीर भारतको केदारनाथ र टाउको नेपालको पशुपतिनाथमा रहेको छ। दुबै स्थानमा पूजा गरेमात्र पशुपतिनाथको पूजा पूरा हुने धार्मिक मान्यता छ। साथै पशुपतिनाथको दर्शनले पशुको जन्मबाट मुक्त हुने धार्मिक विश्‍वासले पनि पशुपतिनाथको महत्व रहेको उनले सुनाए।
यस वर्ष करिब तीन हजारको हाराहारीमा साधु सन्त आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ। साधुसन्त व्यवस्थापन उपसमितिका संयोजक रमेश उप्रेतीले भने 'यस वर्ष एक सय नागा बाबाहरु आउने अनुमान छ, सोमबारदेखि गुठी संस्थानले नागाहरुका लागि दाउरा, धुनी, खाना र बस्ने व्यवस्था मिलाउने छन्।' यस पटक १ हजार ५ सय साधुहरू आइसकेका छन्। गत वर्ष करिब २ हजार ३ सयको हाराहारीमा साधुहरु आएका थिए।
source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login