सशस्त्र प्रहरीका तीन जवान एसएसबी नियन्त्रणमा
रौतहट, फाल्गुन १८ - भारतीय सिमा सुरक्षा बलका जवानले नेपाल प्रबेश गरी रौतहटको बन्जाराहा गाबिसका एक स्थानिय बासीलाई बुधबार बिहान कुटपिट गरेको छ । घट्ना पछि स्थानियबासी भारतीय सीमा सुरक्षाबलका जवान बिरुद्ध प्रतिकारमा उत्रेका छन । स्थिति तनाब बने पछि नेपाल प्रबेश गरेका दुई एसएसबीका जवानलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई चौकीमा राखे पछि भारतीय सुरक्षाकर्मीले समेत रौतहटको औरैया बेशका तिन सशस्त्र प्रहरीका जवानलाई पक्रेर सिमा पारी लगेको छ ।
भारतबा चामल किनेर ल्याउँदै गरेका रौतहटको बन्जारा गाबिसका मोहम्मद आफताबलाई बन्जाराहा नाकामा तैनाथ भारतीय सीमा सुरक्षाबलका जवान मन्जुर आलम र शैलेन्द्र दुबेले नेपाल प्रबेश गरी कुटपिट गर्न थाले पछि स्थानिबासी प्रतिकारमा उत्रेका हुन । सिमा बलका जवानले नेपाल प्रबेश गरी बन्जाराहामा स्थानिबासीलाई कुटपिट गरेको यो दोश्रो घट्ना हो । बन्जरहा गाविस-७ का मदनप्रसाद चन्द्रवंशीलाई एक महिना अघि भारतिय सिमा सुरक्षाबलका जवानहरुले कुटपिट गरी घाईते बनाएको थियो । स्थिति तनाब बने पछि नेपाल प्रहरीको बन्जारहा सिमा चौकिका सुरक्षाकर्मिले भारतीय एसएसबिका जवानलई नियन्त्रणमा लिई राखेको थियो ।
भारतीय सीमा बलका जवानलाई बचाव गर्दै राखेको भन्दै स्थानियबासीले चौकी घेराउ गर्न थाले पछि थप मद्धतको लागी औरैया बेश क्याम्पबाट गएको शसस्त्र प्रहरीका जवान अमृत श्रेष्ठ, नबराज खड्का र देवी थापालाई जिपबाट जबरजस्ती उतारेर भारतीय सुरक्षाकर्मिले सीमा पारी लगेको थियो । आफ्ना जवानहरुलाई नेपाल प्रहरीले पक्रेको भन्दै उनीहरुले सशस्त्र प्रहरीका तिन जवानलाई लगेका हुन । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल गौरका प्रमुख हृद्यनारायण मण्डलले भारतीय एसएसबीका जवानलाई छाडे पछि आफ्ना तिन जवानहरुलाई भारतिय सुरक्षाकर्मीले छाडेको बताए । उनले भने बन्जाराहाको स्थिति समान्य हुँदै छ ।
घट्ना पछि तत्कालै सदरमुकाम गौरबाट ठुलो सख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घट्नास्थल पुगेको थियो । स्थिति समान्य बने पछि सुरक्षाकर्मि त्यहाँबाट फर्किएको थियो ।
source:-ekantipur









0 commentaires