दिलीप पौडेल, बाग्लुङ, फागुन २१ - लाखौँ रुपैयाँको चोरी घटनामा आरोपित एकिकृत नेकपा माओवादी म्याग्दीका सेक्रेटरी लालु किसान सहित सात जना फरार भएको प्रहरीले जनाएको छ। गत फागुन ३ गते म्याग्दीको बाबियाचौर —३ खुम्ल्याहका नरबहादुर गुरुङको घरमा भएको चोरीको घटनामा मुछिएपछि किसान, माओवादीका पूर्व प्लाटुन कमाण्डर बसन्त रोका सहित सात जना फरार रहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताए।
घटनामा सलग्न भएको आरोपमा पक्राउ परेकाहरुको बयानको आधारमा जिल्ला सेक्रेटरी किसान सहित सात जना जनालाई खोजी गरिरहेको प्रहरीले जनाएको छ। 'चोरीमा प्रक्राउ गरेकाहरुको बयानका आधारमा जिल्ला सेक्रेटरी किसानको पनि संलग्नता देखिन्छ,' भट्टले भने, 'किसान, पूर्व प्लाटुन कमाण्डर रोका सहित सात जनाको हात हुन सक्ने भएकोले खोजी गरिरहेका छौँ। उनीहरु फरार छन्।'
प्रहरीले कुँहुँका कमल सार्की, मनबहादुर किसान र दिपेश पुनलाई पक्राउ गरेपछि बयानको क्रममा शुक्रबार घटनाको रहस्य खुलेको हो। पक्राउ परेका सार्कीले चोरीको घटनामा प्रमुख योजनाकार माओवादीका पूर्व प्लाटुन कमाण्डर बसन्त रोका रहेको र चोरीका सवै सामान सेक्रटरी लालु किसानलाई दिएको प्रहरी समक्ष बयान दिएका हुन्।
बाबियाचौर —३ खुम्ल्याहका नरबहादु गुरुङको घरबाट ३लाख ५० हजार रुपैया नगद र १० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरेका कमल सार्की माओवादी सेक्रटरीका सुरक्षा गार्ड हुन्। सेक्रेटरी किसान, पूर्व प्लाटुन कमाण्डर बसन्त रोका सहित ७ जनाको खोजी कार्य गरिररहेको प्रहरी नायव उपरिक्षक भट्टले बताए। प्रहरीले किसान र रोका बाहेक अन्यको नाम दिन चाहेन।
रोकाका मनाङको हत्याकाण्ड र यार्चागुम्वा ओसार पसारमा समेत संलगन भएको प्रहरीको भनाई छ। 'बयानको आधारमा छानविनको दायरामा ल्याउन जिल्ला सेक्रेटरी सहित सात जनालाई खोजी रहेका छौँ,' नायव उपरिक्षक भट्टले भने।
सार्कीलाई प्रहरीले एकिकृत माओबादीको पार्टी कार्यालयबाट पक्राउ गरेको थियो। प्रहरी हिरासतमा रहेका आरोपी कमल सार्कीले बसन्त रोका विगतमा जिल्लामा भएका विभिन्न घटनामा समेत संलग्न हुनुका साथै पार्टीले संरक्षण गरेको समेत बताएका छन्।
चोरीको घटनामा आँफूलाई जोड्नु घटना हाँस्यासपद भएको एकिकृत नेकपा माओवादी म्याग्दीका सेक्रेटरी लालु किसानले प्रतिक्रिया दिए। चोरीको घटना घट्नु दुखद हो,' किसालने मुक्तिक्षेसँग टेलिफोनमा भने, 'आरोपितलाई कारवाही गर्नुपर्छ तर, मेरो नाम किन जोडियो म आश्चर्यमा छु।' घटनामा आफ्नो कुनै संलग्नता नहरेको किसानले स्पष्ट पारे। 'मेरो बारेमा पार्टीले समेत स्पष्ट पारेको छ,' किसालने भने, 'चरित्र हत्या गर्ने गरी घटनालाई बाहिर ल्याईएको छ।' चोरीको घटनामा पक्राउ परेका किसानका सुरक्षा गार्ड कमल सार्कीलाई यस अगाडिनै निस्कासन गरेको किसानले बताए। प्रहरीले फरार भनेपनि आँफु पार्टीको कामको शिलिशिलामा गाउँमा रहेको बताए। 'म पार्टीकै योजना अनुसार कामको शिलशिलामा छु,' किसानले भने, 'फरार भन्नु लाचारी कुरा हो।' आरोपित अर्का माओवादी पूर्व प्लाटुन कमाण्डर बसन्त रोकालाई पनि माओवादी पार्टीबाट यस अगाडिनै निस्कासन गरेको सेक्रेटरी किसानले बताए ।
source:-nagriknews









0 commentaires