कोइरालाको आज वार्षिक पूण्यतिथि


   



साँझ पशुपतिमा आरती

७ चैत्र, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । वार्षिक तिथिको अवसरमा नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
माओवादीको एक दशक लामो सशस्त्र विद्रोहलाई शान्तिप्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका कोइरालाको सम्झनामा पचहत्तरै जिल्लामा पार्टीले आफू अनुकूल कार्यक्रम आयोजना गरेको केन्द्रीय कार्यालयका मुख्य सचिब बसन्त गौतमले जानकारी दिनुभयो ।
कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शलाई पछ्याँदै कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पनि सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । कोइरालाले अन्तिम पटक उपचार गराएको काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रका विरामीहरुलाई तरुण दलले विहान फलफूल वितरण गरेको छ ।
कोइरालाको गत वर्ष चैत्र ७ गते आजकै दिन निधन भएको थियो ।
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login