फायरफक्सले मोबाइल भर्सनको ब्राउजर ल्याउने (सूचना/प्रविधि)


 योगेश खतिवडा बार्सिलोना (स्पेन), फाल्गुन ८ - मोजिला फायरफक्सले मोबाइल भर्सनको ब्राउजर ल्याउने भएको छ । कम्प्युटरमा इन्टरनेट चलाउन धेरै प्रयोग हुने गरेको फायरफक्सले मोबाइल उपभोक्तालाई ध्यान दिएर ब्राउजर ल्याउन लागेको हो ।
मोबाइल बल्र्ड कंग्रेसले आयोजना गरेको मेलामा मोजिलाले यो घोषणा गरेको हो । ब्राउजर भनेको कम्प्युटर तथा मोबाइलमा इन्टरनेट चलाउन प्रयोग गरिने सफ्टवेयर एप्लिकेसन हो । पछिल्लो समयमा डेक्सटप र ल्यापटपबाट प्रविधि प्रेमीहरू स्मार्ट फोन र नोटप्याडतिर आर्कषित भएका बेला ती उपभोक्तालाई लक्षित गरेर कम्पनीले मोबाइल भर्सनमा ब्राउजर ल्याउन लागेको हो ।
'डेक्सटपमा फायरफक्सले पाएको सफलतापछि मोबाइल ब्राउजर ल्याउन लागेका हौं,' कम्पनीले मेलामा उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ, 'मोबाइलका लागि ल्याएको फायरफक्सबाट डेक्सटप उपभोक्ताले गरेको अनुभव, राम्रो सेवा, आत्मीयता र चाहेको सुरक्षा पाउनेछन् ।'
कार्यक्रममा मोजिलाका उपाध्यक्ष जे सुलिभानले एन्ड्रोइडका लागि फायरफक्स ४ मोबाइल ब्राउजर ल्याउने बताएका हुन् । उनले एक साता बेटा भर्सन चलाएपछि औपचारिक रूपमा ल्याइने बताए । फायरफक्सले मोबाइल भर्सनको ब्राउजरमा पहिले चलाएका साइट, बुकमार्क, एउटा ब्राउजरबाट ट्याब गरेर अरू इन्टरनेट खोल्ने लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । 'खोल्न चाहेको इन्टरनेट ठेगाना कम शब्द टाइप गर्दै आउने र गति पनि उच्च छ,' कम्पनीले जनाएको छ ।
फायरफक्सले गुगलको एन्ड्रोइडका लागि सुरुमा ब्राउजर ल्याउने, त्यसपछि नोकियाले स्मार्ट फोन र इन्टरनेट ट्याबलेटका लागि विकास गरेको अपरेटिङ सिस्टम मेइमोमा उपयोगी ब्राउजर ल्याउने छ । फायरफक्सको मोबाइल भर्सन नोकिया एन९०० मा पनि उपलब्ध हुनेछ । तर आइफोनमा भने यो चलाउन नमिल्ने जनाइएको छ ।
फायरफक्सको मोबाइल भर्सन सिम्बियन, विन्डोज मोबाइल र ब्ल्याकबेरीको मोबाइल अपरेटिङ सिस्टम भएको सेटमा काम गर्दैन । 'हामी सबैले सजिलै रूपमा अनुमति नलिई ब्राउजर चलाउन सक्ने तरिका खोजिरहेका छौं,' उनले भने ।
मोबाइल ब्राउजरमा सबैभन्दा बढी ओपेरा प्रयोग हुने गरेको छ । तर मोबाइल ब्राउजरको लोकपि्रयता क्षेत्रगत रूपमा भिन्दाभिन्दै छ । फायरफक्सले ल्याउन लागेको ब्राउजरमा १ सय ५० भन्दा 'एडवन्स' रहने कम्पनीले जनाएको छ । एडवन्स भनेको ब्राउजरले राम्रो काम गर्ने र एप्लिकेसनको आन्तरिक की भएको सानो एप्लिकेसन हो ।
डेक्सटप ब्राउजरको बजारमा मोजिलाको हिस्सा माइक्रोसफ्टको इन्टरनेट एक्स्पोलर पछि छ । यसै जनवरीमा विकिमिडियाले गरेको एक अध्ययनमा ४१ दशमलव ५६ प्रतिशतले इन्टरनेट एक्स्प्लोरल चलाउँछन् ।
दोस्रो स्थानमा रहेको फायरफक्स चलाउने २८ दशमलव ७१ प्रतिशत छन् । गुगलको गुगल क्रोम चलाउनेको प्रतिशत ११ दशमलव ७५ रहेको छ भने इन्टरनेट सफारी चलाउने ९ दशमलव २६, ओपेरा चलाउने ४ दशमलव २५ र अन्य ब्राउजर चलाउने ४ दशमलव ४७ प्रतिशत छन् ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login