विद्यार्थीमा क्रिटिकल थिङकिङ’ घट्दो


काठमाडौ, माघ २५ - शिक्षक तथा सहजकर्ताले चासो नदिंदा विद्यालय तहदेखि नै विद्यार्थीमा सिर्जनात्मक र विवेचनात्मक क्षमता घटेको शिक्षाविद्हरूले बताएका छन् । विद्यार्थी नयाँ कुरा सिक्नेभन्दा परीक्षामुखी हुँदै गएको बताएका हुन् ।

विवेचनात्मक सोचाइका अभ्यासकर्ताहरूको राजधानीमा शनिबार भएको पहिलो राष्ट्रिय भेलाका सहभागीले विद्यालय तथा विश्वविद्यालय तहको परीक्षा प्रणाली बदल्न सुझाव दिए । 

'कण्ठ पार्ने र घोक्ने शैली बदलेर विवेचनात्मक सोच विकासका लागि शिक्षकले पहल थाल्नुपर्छ,' शिक्षाविद् प्रा. केदारभक्त माथेमाले भने, 'यस्तो सोचाइ नभएका विद्यार्थीले परीक्षा पास गर्लान् तर जीवनमा आउने समस्या पास गर्न सक्दैनन् ।' उनले गेसपेपर र नोट पढ्ने संस्कारमा वृद्धि भएकाले विद्यार्थी अल्छी हुँदै गएको टिप्पणी गरे ।

पुस्तक तथा स्टेसनरी व्यवसायीको अध्ययन अनुसार विद्यालय तहका करिब ८० प्रतिशत विद्यार्थी गेसपेपरका भरमा एसएलसी परीक्षा दिन्छन् । विश्वविद्यालय तहका गेसपेपर तथा नोट बिक्री बढेको संघको अध्ययनले देखाएको छ । 'गेसपेपरको संस्कार घटाउन आलोचनात्मक सोचबारे शिक्षकलाई दक्ष बनाउनुपर्छ,' माथेमाले भने, 'तल्लो कक्षादेखि नै विद्यार्थीलाई जिज्ञासु बनाउनुपर्छ । त्यसका लागि शिक्षणशैली बदल्नु जरुरी छ ।' 

भेलामा सहभागी पाठ्यक्रम विकास केन्द्रका आनन्द पौडेलले विद्यार्थीलाई समस्याको तर्कपूर्ण समाधान सिकाउनुपर्ने बताए । 'त्यसका लागि पाठ्यक्रम बनाउनेले सोच्नुपर्छ, पाठ्यपुस्तक लेख्नेले सोच्नुपर्छ,' उनले भने, 'केन्द्रको बुद्धि स्थानीय तहमा नभई स्थानीय तहको बुद्धिका आधारमा केन्द्रले काम गर्नुपर्छ । स्कुल र केन्द्रको दूरी मेट्नुपर्छ ।' महेन्द्ररत्न क्याम्पस ताहचलमा अध्यापनरत विदुला घिमिरेले यस्तो ज्ञान धेरै विद्यार्थी भएको कक्षामा समेत लागू गर्न सकिने बताइन् । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा. डा प्रकाशमान श्रेष्ठले शिक्षकलाई शिक्षण प्रवृत्तिमा परिवर्तन ल्याउन सुझाव दिए । 

पाठ्यक्रमविद् प्रा. तीर्थ पराजुलीले पाठ योजना गरेर शिक्षकले कक्षा नलिने गरेको, जानेको सिकाइ सीप पनि कक्षामा प्रयोग नगरेको बताए । 'शिक्षक व्यस्त हुँदै गएका छन्, यसले विद्यार्थीलाई जिज्ञासुभन्दा घोकन्ते बनाउँदै लगेको छ ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login