लुट्न आएकाहरु हतियारसहित पक्राउ, जनमुक्ति सेना पनि


स्याङ्जा, माघ २१ - श्रीकृष्णगण्डकी–८ स्थित बट्डाँडा भन्ने स्थानमा शेरबहादुर थापाको घरमा हतियारसहित लुटपाट गर्न आएका ३ जनालाई प्रहरीले हतियारसहितै पक्राउ गरेको छ। पक्राउ पक्राउ परेकामध्ये नारायण अर्यालसँग जनमुक्ति सेनाको परिचयपत्र पनि भेटिएको प्रहरीले जानकारी दिएको छ।  


पक्राउ पर्नेहरुमा थुमपोखरा–८ कमलडाँडा बस्ने नारायण अर्याल, श्रीकृष्णगण्डकी–८ बस्ने आशाबहादुर लामा र सिउरुम–८ बस्ने साजन मगर छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान सवा २ बजे केही व्यक्ति लुटपाट गर्न आएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई  स्थानीयबासीको सहयोगमा युएसए लेखेको पेस्तोल १ थान, त्यसको गोली ३ राउण्ड, माछापुच्छ्रे ब्याङ्कको खाली चेक २ थानसमेत बरामद गरेको हो। त्यसैगरी प्रहरीले नारायण अर्यालको साथबाट जनमुक्ति सेनाको परिचयपत्र १ थान र युनिटी लाइफको परिचयपत्र १ थानलगायतका विभिन्न सरसामानसहित निजहरुलाई नियन्त्रणमा लिएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login