ढाँड सेक्नेगरी भाडाँवृद्धि गरेको भन्दै २ घण्टा चक्काजाम


प्रियास्मृती ढकाल नेपालगञ्ज २४ माघभाडावृद्धिको विरोधमा महेन्द्र वहुमुखी क्याम्पस नेपालगञ्जका विद्यार्थीहरुले अहिले क्याम्पस अगाडी चक्काजाम गरेर यातायातका साधान सञ्चालनमा रोक लगायका छन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुले जनताको ढाँड सेक्नेगरी ९ प्रतिशत भाडाँवृद्धि गरेको भन्दै त्यस्को विरोधमा यातायात सञ्चालनमा रोक लगायका हुन । नेविसंघ महेन्द्र वहुमुखि क्याम्पस ईकाई समितीको आव्हानमा अघि ८ बजेदेखि विद्यार्थीहरुले क्याम्पस अगाडी नारावाजी सहित प्रर्दशन गरेपछि त्यसक्षेत्रको जनजिवन प्रभावीत भएको छ । नेपालगञ्ज–रुपैडिया सडकखण्डमा अहिले कुनैपनि सवारीका साधानहरु चल्न सकेका छैनन् । उनीहरुले विहान १० बजेसम्म आज दुई घण्टाका लागि चक्का जाम गर्ने जनाएका छन । नेविसंघका ईकाई सभापती भुम भण्डारीले जनता एवं विद्यार्थीहरुको ढाड सेक्नेगरी गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिनु पर्ने, सहमती अनुसार लामो तथा छोटो दुरीमा विद्यार्थीहरुले ४५ प्रतिशत सहुलीयत पाउनु पर्ने लगायतका माग राखेर आन्दोलन थालीएको वताउनुभयो । आफना मागहरु पुरा नभय भोली देखि चरणवद्ध आन्दोलन थाल्ने उहाँले चेतावनी समेत दिनुभयो ।

source:-dainikee


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login