पढ्दैनन् सभासदहरू


काठमाडौ, माघ २० - संविधानसभाबाट संविधान निर्माण गरेका र संघीय लोकतान्त्रिक प्रणाली संस्थागत भएका मुलुकका अनुभव सँगालिएका पुस्तकहरू पक्कै पनि हाम्रा सभासदहरूले पढेको हुनुपर्छ भन्ने लाग्न सक्छ । तर संविधानसभा सचिवालयको पुस्तकालय रेकर्डले भन्छ- अधिकांश सभासदहरू पढ्दैनन् ।
संसदीय र लोकतान्त्रिक व्यवस्थाका ढाँचा र कतिपय मुलुकमा संविधानसभाबाट संविधान निर्माण भएका र हुन नसकेका अनुभव सँगालिएका साढे १२ हजारभन्दा बढी पुस्तक पुस्तकालयमा छन् । दिनमा सरदर दुईजना सभासद मात्र पुस्तकालयमा आएर अध्ययन गर्छन् ।
स्रोतका अनुसार नियमितजस्तो अध्ययन गर्न आउनेमा माओवादीका दीनानाथ शर्मा र हरि रोक्का छन् । उनीहरूबाहेक अरू एकाध सभासद मात्र अध्ययनका लागि आउने गर्छन्, त्यो पनि आक्कलझुक्कल ।
पुस्तकालयसँगै सभासदलाई वेबसाइटबाट हेर्ने र अध्ययन गर्ने सुविधासमेत छ । त्यहाँ पनि विरलैमात्र सभासद अध्ययन गर्न आउँछन् । वेबसाइट सुविधा प्रदान गरिएको कोठामा पाँचवटा कम्प्युटर छन् । त्यहाँ दिनको सरदर २/३ जना सभासद मात्र आउँछन् । 'पुस्तकालयमा महत्त्वपूर्ण पुस्तक प्रशस्त छन् । कतिपय सभासद समितिको बैठकका बेला मात्र पुस्तकालयमा जान्छन्, अरू बेला जाँदैनन्, सायद पढ्ने चाहनै नभएर होला,' कांग्रेस सभासद नवीन्द्रराज जोशीले कान्तिपुरसँग भने ।
सभासदहरू पढ्न नआउने उदेकलाग्दो स्थिति खेपिरहेका पुस्तकालयलाई त्योभन्दा बढी चिन्ता पुस्तकै नफर्काएकामा छ ।
सभासदले १५ दिनमा फर्काउने गरी दुईवटा पुस्तक लान पाउँछन् । तर कर्मचारीलाई दबाब दिएर वा सभामुख या संसद् सचिवालयका महासचिवको आडमा १५ वटासम्म लगेका छन् । र, धेरैले फर्काएका छैनन् । बढी पुस्तक लानेमा १५ भन्दा बढी सभासद छन् । आग्रह गर्दा फिर्ता गर्छु भन्ने तर कहिल्यै फिर्ता नगर्ने धेरै छन् ।
बढी पुस्तक लाने र समयमै फिर्ता नगर्नेमा राष्ट्रिय जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनी र माओवादीका हरि रोक्कालगायत छन् । टेलिफोनबाट ताकेता गर्दा जहिले पनि तत्काल फिर्ता गर्ने आश्वासन दिने तर नफर्काउने गरेको स्रोतले उल्लेख गरेको छ ।
पञ्चायतकालदेखि पुस्तक लगी फिर्ता नगर्नेमा पूर्वप्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र मरिचमान सिंह, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालगायत छन् । राणाले १३ वटा महत्त्वपूर्ण पुस्तक लगे पनि वर्षौंदेखि फर्काएका छैनन् । संसद् सचिवालयका पूर्वमहासचिव एवं रुसका राजदूत सूर्यकिरण गुरुङसमेत छन् । गुरुङले महासचिव हुँदा लगेका २० भन्दा बढी पुस्तक फिर्ता गरेका छैनन् । कर्मचारीले फर्काउन फोन सम्पर्क गर्दा बजारमा किन्न आग्रह गर्दै लागेको रकम आफूले तिर्ने बताउने गरेका छन् ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login