आउँदैछ सुनको बिहानी


सुटिङमा कलाकार युना उप्रेती सुवास मेचे सुरविर पण्डित
विल्सन विक्रम राई अभियन गर्दै । 

प्रकाश पौडेल झापा 
आउँदैछ सुनको बिहानी 
फूल फुल्छ यो धर्तिमा 
माया रोप्नु पर्छ । 
सुन फल्छ यो धर्तिमा हिम्मत राख्नु पर्छ । 
मिलिजुली अघि बढ्औं
बन्छ नौंलो कहानी । 
नेपाल आमा बन्दैछ सुनको विहानी 
यो कुनै साहित्यकारले लेखेको कविता होईन न त कुनै कार्यक्रममा गाइएको गीत नै । देशमा खलबलिंदै गएको राजनैतिक अवस्था र युवावर्गलाई लक्षित गरी वनाइएको नेपाली कथानक चलचित्र सुनको विहानीको शीर्ष गीत हो । देशमा बढ्दै गएको अराजकता र दण्डहिनता अन्त्य हुनुपर्ने यसको फिल्मको प्रमुख उद्देश्य रहेको छ । आफ्नो देशमा दुईछाक खान पनि नसकिने अवस्था सिर्जना भएपछि रोजगारीको लागि विदेशिनु परेको र त्यहाँ नेपालीहरुले खेप्दै आएको दुःख तथा पीडाहरुका दर्दनाक कहानी यस चलचित्रमा समावेश गरिएको छ । देशमा युवा नेतृत्वको खाँचो छ । युवाले चाहे भने देशमा सुनको बिहानी झल्काउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न खोजिएको छ । 
खापुङ्स फिल्म्स प्रा.ली विर्तामोडको पहिलो प्रस्तुती रहेको नेपाली कथानक चलचित्र सुनको विहानी पूर्वी नेपालका रमणीय स्थानमा छायाङ्कन गरिएको छ । पूर्वी क्षेत्रबाट नेपालको सुनौली बिहानी सुरु हुने हुदाँ यसको छायाँङ्कन पूर्वी नेपालमै गरिएको निर्माता ओमप्रकाश खापुङले बताए । फिल्मको छायाँङ्कन सकिएको छ । खापुङले भने समावेश पाँच गीतको हाल छायाँकन भैरहेको छ । 
त्रिप्ती नाचकर, सुनिल थापा, दिनेश शर्मा, प्रकाश पौडेल गणेश उप्रेती, सुरविर पण्डित, युना उप्रेती, सुवास मेचे,  लगायतका राष्ट्रिय तथा मोफसलका चर्चित कलाकारको अभिनय यस फिल्ममा रहेको छ । चर्चित गायिका अञ्जु पन्त, राजेश पायल राई, यम बराल, प्रमोद खरेल, धमेन्द्र सेवाङ लगायतको स्वरमा गीत सुन्न सकिने निर्माण नियन्त्रण सञ्जय बागदासले बताए । 
५० लाख हाराहारिको लगानीमा निर्माण सम्पन्न गर्न लागिएको चलचित्र सुनको बिहानी अब केही महिनामै रिलिज हुँदैछ । ९५ प्रतिशत काम सकिएको चलचित्रले केही दिनमै पूर्णत पाउने निर्देशक लक्ष्मीनाथ शर्माले जानकारी दिए । 
चलचित्र निर्माता खापुङका अनुसार चलचित्र प्रवद्धन गर्नको लागि झापाको मेची ट्युन्स एफ एम र मेचीनगर अनलाईन डटकम लाई मिडिया पार्टनर राखिएको छ । साथै चलचित्र प्रचारका लागि मिडियाले भरपुर सहयोग गर्ने आशा लिएको उनले बताए । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login