एल्बम अधुरै छाडिन् योगिताले


काठमाडौं, फागुन ८– सुटिङ भइरहेको म्युजिक भिडियोलाई अधुरो छाडी गायिका योगिता मोक्तान संसारबाट बिदा भएकी छिन्। उनलाई शुक्रबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला पारिएको थियो। उनको अन्तिम संस्कार शनिबार स्वयम्भुमा बौद्ध परम्परा अनुसार गरियो। त्यसअघि उनीप्रति प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

निमा रुम्बा, राजु लामा र शशिकला मोक्तानसँग मिलेर उनी 'होइ ल्हास्सो' नामक तामाङ दोहोरी एल्बम निकाल्ने तयारी गर्दै थिइन्। त्यही एल्बमको सुटिङ गर्न मंगलबार सिन्धुपाल्चोकको तातोपानी पुगेकी थिइन् उनी। पहिलो दिन सुटिङ भए पनि बुधबार पानी परेपछि काम पूरा हुन सकेको थिएन। बाँकी सुटिङ ककनीतिर गर्ने योजना लिएर उनी बुधबार नै काठमाडौं फर्किएकी थिइन्।
तर, साथी शशिकला, भिडियो निर्देशक कुमार श्रेष्ठ, क्यामेराम्यान मधुर बस्नेत र मेकअप म्यान दोर्जे शेर्पालाई सुटिङको बारेमा केही पनि नबताई २८ वर्षीया उनले बिहीबार राति मृत्युलाई रोजिन्। भिडियोको सुटिङभन्दा केही दिनअघि उनी रेशमा सुनुवार र अरू कलाकारसँग सोलुखुम्बुमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिएर फर्किएकी थिइन्।

योगिताको गायनयात्रा सामना परिवारबाट २०५५ सालदेखि सुरु भएको थियो। संगीतकार मणि थापाका अनुसार उनले सामनाका थुप्रै एल्बम र पछिल्लो एल्बम 'गाथा'मा गाएकी थिइन्। पछिल्लोपटक खुसीराम पाख्रिनको संगीतमा 'परदेशिएका दाजुभाइ' गीत उनकै स्वरमा रेकर्ड भएको थियो।

योगिताले माओवादी सशस्त्र विद्रोहको बेला करिब पाँच वर्ष भूमिगत जीवन बिताएको एकीकृत माओवादीका कलाकार प्रदीप देवानले बताए। योगिताका बुबा वीरबहादुर मोक्तान द्वन्द्वकालमा रसुवामा माओवादीको आरोपमा प्रहरी हिरासतमा मारिएका थिए। योगिताको परिवारमा आमा, एक दिदी, एक बहिनी र एक भाइ छन्।

नेपाली, तामाङ, मैथिली र नेवार गीत गाएकी योगिताले हजारभन्दा बढी गीतमा आवाज दिइसकेकी थिइन्। उनको एकल एल्बम भने 'मैच्याङको माया'मात्र निस्किएको छ।

गत मंसिर ३ मा बिहे गरेकी योगिताले पतिसँग लामो समय पनि बिताउन पाइनन्। बिहेलगत्तै दुबई गएका उनका पति बालकृष्ण तामाङ शनिबार पत्नीलाई बिदाइ गर्न काठमाडौं आएका थिए। २०५९ सालमा सन्तलाल घिसिङको 'जालमाया' फिल्ममा गीत गाएपछि सार्वजनिक जीवन बिताउन थालेकी योगिताले कतार, दुबई, मलेसिया, बहराइन र सउदी अरबमा सम्पन्न सांस्कृतिक कार्यक्रममा भाग लिइसकेकी थिइन्।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login