८ फागुन, काठमाडौं । पुनरावेदन अदालत ललितपुरका रजिस्ट्रार कृष्ण गिरिलाई हातपात गरेको अभियोगमा छजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना जापानी नागरिक पनि छन् ।
काठमाडौँ महानगरपालिका-५ बालुवाटारमा नेपाली र जापानी नागरिकको संयुक्त प्रयासमा स्थापना भएको नाइस्यु नामक कम्पनीको नाममा रहेको जग्गा जापानी नागरिकले बेचेर जापान जान खोजेको विषयमा नेपाली सदस्यले पुनरावेदन अदालतमा रिट हाली बिक्री रोक्का गरेका थिए ।
रजिस्ट्रार गिरिले नेपाली संस्थापकसँग मिलेर आफूहरूको स्वामित्वमा रहेको जग्गा बेच्न नदिएको आरोप लगाउँदै केही गैरसंस्थापक नेपालीलाई लिएर जापानी नागरिकत्रयले गत शुक्रबार कुटपिट गरेका थिए । रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires