शास्त्रीय संगीततिर युवा


मधु शाही काठमाडौ, फाल्गुन २  - टिनएजमा गिटारकै भरमा र्‍याप स्टार बन्ने सपनामा लागिपरेका सुरेश महर्जन एकाएक शास्त्रीय रागतिर तानिए । संगीतप्रतिकै झुकावले नेपाल ललितकला क्याम्पसमा भर्ना भएका उनी प्रमाणपत्र दोस्रो वर्षसम्म आइपुग्दा भने पूरै यी २३ वषर्ीय ठिटो पूरै शास्त्रीय संगीतमा डुबे । उनी अहिले क्याम्पसमा शिक्ष्ाक नआउँदा पनि तबलामा औंला खेलाइरहेका भेटिन्छन् । 


तबलाको तालको तीव्रतासँगै उनको पूरै टाउको नै नाच्न थाल्छ । 'यसैमा हराऊँजस्तो लाग्छ,' उनले केही समय तबलाका हातलाई शान्त पार्दै स्वयं जिज्ञासा राख्छन्, 'यसको मजा गिटारमा कहाँ पाइन्छ र ।' उनी दुई वर्षदेखि 'ब्रोकन विन्डोज' ब्यान्डका गिटारिस्ट पनि छन् ।



शास्त्रीय संगीतमा बढ्दै गएको उनको झुकावलाई पुष्टि गर्दै महर्जन भन्छन्, 'शास्त्रीय संगीत जान्नु आवश्यक रहेछ ।' उनी र्‍यापलाई संगीतको एक अंश मात्रै मान्छन् । शास्त्रीय संगीत नियममा बाँधिएको हुनाले पनि साधना नगरी चर्चित हुन चाहनेले सिक्न नसक्ने उनको ठम्याइ रहेछ । 



आमा-बुबाका एक्ला छोरा उनीलाई 'संगीतमा भविष्य नभएको' भन्दै घरबाट खासै समर्थन नभए पनि यसैमा संघर्ष गरिरहने महर्जनको सोच रहेछ । त्यसो त उनलाई आफ्नै ब्यान्डका सदस्यले पनि 'बाजेको पालको बाजा' सिकेको भन्दै खिसी गर्नेका लागि कुनै गुनासो छैन । भन्छन्, 'शास्त्रीय संगीतको गहिराइमा डुब्नेलाई मात्र थाहा हुन्छ, यसको रहस्यमयी विशालता ।'



सिन्धुपाल्चोककी १८ वषर्ीया मञ्जु उपास्ना -विके) शास्त्रीय संगीत सिक्नै भनेर दुई वर्षअघि राजधानी छिरेकी हुन् । गायनमा होमिएकी उनी भविष्यमा सफल गायिका बन्ने बाटोमा लागिरहेकी छिन् । उनकै साथी केदार नेपालीको पनि लक्ष्य त्यही छ,  शास्त्रीय संगीतमा उत्कृष्ट गायक बन्ने । त्यसैले पनि उनी स्वर बिग्रन्छ कि भनेर प्रायः खानपानमा विशेष सर्तक रहन्छन् । उनी भन्छन्, 'ंगायन मेरो प्यासन हो ।' 



उता, रामेछापका २४ वषर्ीय प्रेमकुमार सदाशंकर पनि गायक बन्ने धुनमा शास्त्रीय संगीतमा होमिएका छन् । 'सानोमा खेतखेतै गीत गाँउदै हिड्थें,' उनी भन्छन्, 'सबै छाडेर  संगीतमा लागेको छु ।' उनी एक वर्षदेखि कलानिधि  इन्दिरा संगीत महाविद्यालयमा सिकिरहेका छन् । 



सिर्जना कलेज अफ फाइन आर्टस् प्रमाण पत्र दोस्रो वर्षमा अध्ययनरत विना केसीसंग भविष्यमा के बन्ने भनेर सोध्योे भने उनको मुखबाट 'गायिका कोइलीदेवीजस्तो बन्ने,' उत्तर  आइहाल्छ । 'तारादिदीको गीतबाट प्रभावित छु,' उनले भनिन्, 'रियाज गर्दा पनि उहाँकै गीत बढी गुनगुनाउँछु ।'

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login