२३ माघ, काठमाण्डौ । मृतक नेपाली श्रमिकको रकम ठगि गरेको आरोपमा सरकारद्वारा फिर्ता बोलाइएका साउदी अरेबियाका लागि नेपाली राजदूत हमिद अन्सारी जानकारीबिनै फेरी साउदी अरेबिया पुगेका छन् ।
सरकारले फिर्ता बोलाएपछि नेपाल आएका अन्सारी फेरि राजदूतकै रुपमा साउदी जानसक्ने अबस्था नरहेकाले उनी शरण लिन गएको हुनसक्ने अनुमान परराष्ट्र अधिकारीहरुले गरेका छन् ।
मृतक श्रमिकको बिमावापत प्राप्त २० लाख रुपैयाँ कानुनी प्रकृयाबाट असुलउपर गर्ने तयारी सरकारले गरिरहेका बेला अन्सारी सरकार, सुरक्षा निकाय र परराष्ट्र मन्त्रालयको समेत जानकारी बिना साउदी अरेबियामा पुगेका छन् । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता हरिशचन्द्र घिमिरेले अन्सारी साउदी पुगेको जानकारी आएको तर कसरी पुगे भन्नेबारे थाहा नभएको बताए ।
परराष्ट्र स्रोतका अनुसार अन्सारीका छोराले साउदी मै घरजम गरेर बसेकाले उनलाई त्यहाँ पुग्न र लामोसमयसम्म बस्न सहज हुन्छ ।
source:-onlinekhabar










0 commentaires