२८ माघ, भद्रपुर । झापामा स्थानीयवासीको प्रतिकारमा भारतीय डाँकाको मृत्यु भएको छ । पथरिया-८ बस्ने तारा प्याकुरेलको गोठबाट बिहीबार राति गोरु चोर्न आएका भारतीय डाँकाहरुको स्थानीयवासीले प्रतिकार गरेका हुन् ।
स्थानीयवासीको प्रतिकारमा भारतको लोहागढा बस्ने ४० वर्षीय उसमान अलि मियाँको प्रतिकारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । उनका साथी नुर आलम र सैफुदिन आलमलगायतका चोर भाग्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र शर्माले जानकारी गराउनुभयो ।
स्थानीयवासी प्रतिकार उत्रिएपछि डाँका समुहले बन्दुक चलाउँदा दीनानाथ अधिकार घाइते भएका छन् । दाहिने हातमा गोलीको छर्रा लागेको उनको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको बताइएको छ ।
source:-onlinekhabar









0 commentaires