तेह्र युवतीलाई बन्धक बनाउने तीनजना दलाल नियन्त्रणमा


काठमाडौ, फाल्गुन १२ - जोरपाटीस्थित एक घरमा १३ युवतीलाई बन्धक बनाइ राख्ने तीनजना दलाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ ।
धरानका राजु शाक्य, झापाकी लक्ष्मी खड्का र आशालाल मिचेले ती युवतीहरूलाई जोरपाटीको एक घरमा राखेर कसैसँग सम्पर्क गर्न नदिई बन्धक बनाएको छ भन्ने युवा सङ्घ नेपालको विशेष सुराकीको आधारमा सो ब्युरोले कारबाही अघि बढाएको हो ।
बाँके, झापा, इलाम र पाँचथरबाट ल्याइएका ती युवतीलाई दलालले अरूले जानकारी नपाओस् भन्ने उद्देश्यले बन्धक बनाएर राखेको बुझिएको छ । ती युवतीहरूको राहदानी र मोबाइलसमेत खोसेर दलालले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
ती युवतीलाई कुबेतमा बिना टिकट रोजगारीका लागि पठाइने आश्वासन दलालले दिएकाले रोजगारीको प्रलोभनमा ती युवतीहरू काठमाडौँ आउन राजी भएको बुझिएको छ ।
चारदिनको अनुसन्धानपछि नियन्त्रणमा लिन सफल भएको सो ब्युरोले थप अनुसन्धानका लागि उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धमा लाने तयारी गरेको छ ।
प्रहरीका अनुसार ती दलाललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाउने तयारी भइरहेको छ । रासस

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login