दाङ, फाल्गुन ५ - नेपाल संस्कृत विश्वविद्यालयले १० वर्षपछि दीक्षान्त समारोहको तयारी गरेको छ । विभिन्न आन्तरिक खिचातानी र लगातार आन्दोलनका कारण हालसम्म दीक्षान्त हुन सकेको थिएन ।
चैत तेस्रो सातासम्म दीक्ष्ाान्त गर्ने तयारी भइरहेको विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. भागवतप्रसाद शर्माले बताए । दीक्षान्त भाषणका लागि कुलपति प्रधानमन्त्री झलनाथ खनाललगायत अन्य सहभागीको तयारी भइसकेको उनले जानकारी दिए । भारतबाट राष्ट्रिय
संस्कृत संस्थानका कुलपति प्रा. राधाबल्लभ त्रिपाठीलाई पनि दीक्ष्ाान्त भाषणका लागि निमन्त्रणा गरिएको छ ।
समारोहबाट ३ हजार विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ । अहिले दीक्ष्ाान्त समारोहका लागि रंगरोगन तथा सरसफाइ कार्यक्रम भइरहेको छ । विश्वविद्यालयका पदाधिकारीबीच समन्वय हुन नसक्दा २०५७ सालपछि दीक्ष्ाान्त हुन नसकेको हो ।
हरेक वर्ष गर्नुपर्ने दीक्ष्ाान्त १० वर्षसम्म नभएपछि ३ हजार विद्यार्थी मूल प्रमाणपत्र पाउनबाट वञ्चित भएका थिए । पछिल्लो समय मात्रै विदेश जाने विद्यार्थीका लागि प्रमाणपत्र दिने व्यवस्था गरिएको थियो । २०६४ सालपछि विश्वविद्यालयको नाम महेन्द्र संस्कृतबाट नेपाल संस्कृतमा परिवर्तन भएकाले प्रमाणपत्र मिलाउन समय लागेको निमित्त उपकुलपति शर्माको भनाइ छ ।
'एउटै विद्यार्थीलाई दुईखाले प्रमाणपत्र दिनुपर्ने अवस्था आएपछि समस्या उत्पन्न भयो', शर्माले भने, 'लामो समय यसैको विवाद जारी रह्यो । अहिले लामो कसरतपछि मात्र हामी दीक्षान्तको तयारीका लागि सफल भएका छौं ।'
विश्वविद्यालयभित्र दीक्ष्ाान्त गर्न खोज्ने र पदाधिकारीलाई सफल हुन नदिने बीचको द्वन्द्वले अन्योल कायम गरेको स्राेतको भनाइ छ । अहिले पनि उपकुलपति बिदुरप्रसाद पौडेल र कूलसचिव कात्तिकेय झा विदा बसेका छन् । जसका कारण दीक्ष्ाान्तको तयारी प्रभावकारी हुन नसकेको विश्वविद्यालय स्राेतको भनाइ छ ।
विद्यार्थी आन्दोलनका कारण देखाउँदै डेढ महिनादेखि काठमाडांै बस्दै आएका पौडेल र झा आन्दोलन सकिँदा पनि केन्द्रीय कार्यालय आउन सकेका छैनन् । पौडेलले बिरामी भएको भन्दै आइतबारदेखि शिक्षाध्यक्ष भागवतप्रसाद शर्मालाई निमित्त दिएका छन् । झा व्यक्तिगत कामका लागि भन्दै बिदा लिएर घर बसेका छन् ।
source:-kantipur









0 commentaires