काठमाडौं, फागुन १२– महाशिवरात्री पर्वमा दशनार्थीलाई सहज पुजागराउन पशुपतिनाथमा यसपाली देखि रात्रीकालीन पुजा थालिने भएको छ। यही फागुन १८ गते परेको शिवरात्री पर्वमा पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीको संख्या गतबर्ष भन्दा बढेको भन्दै पशुपति क्षेत्रविकास कोषले यो व्यवस्था गर्न लागेको हो।
अघिल्ला वर्षहरुमा बिहान ४ बजेदेखि राति ११ बजेसम्ममात्र पशुपतिनाथको दर्शन गर्न सकिने थियो।
'गतबर्ष भन्दा भक्तजन बढने सम्भावना देखेर रात्रीकालिन पुजा गर्ने व्यवस्था मिलाएका छौं।' कोषका सदस्यसचिव शुशिल नाहाटाले भने 'दिउसो मात्र पुजा खुलाउँदा भिड हुने भएकाले रातिको समयमा पुजाको व्यवस्था गर्दा सहज हुन्छ।' उनका अनुसार १७ र १८ गते राती दर्शनार्थीले पुजा गर्न पाउनेछन्।' उनका अनुसार कोषले रात्रीकालिन पुजाआजा व्यवस्थापनका लागि कोषका कोषाध्यक्ष नरोत्तम वैद्यको संयोजकत्वमा समिती समेत गठन गरेको छ।
तर शिवरात्री पर्वको चहलपहल बढीसक्दा समेत पशुपति क्षेत्र विकास कोषले शिवरात्री मान्न पशुपति आइपुगेका दर्शनार्थीलाई बस्ने ठाउँ, खानेपानी, साधुहरुले खानापकाउनका लागि आवश्यक पर्ने दाउरा लगायतको व्यवस्थ गर्न सकेको छैन। 'छिट्टै आउन सके राम्रो व्यवस्था होला भनेर छिटै आयौं।' भारतको हरिद्धारबाट आएको बताउन साधु माधवनारायणले भने 'तर दाउरा र पानी पनि नपाएर समस्यामा परेका छौं।' कोषले भने कोषले तयारी गरिरहेपनि सोचेभन्दा छिटो साधु र भक्तजनहरु आएकाले समस्यामा परेको बताए। '
कोषले यसबर्ष झण्डै सात लाख भक्तजनले पशुपतिनाथ मन्दिर आउने दावी गरेको छ।
source:-ekantipur









0 commentaires