दसगजा मिचेर बाटो


अमन कोइराला  सर्लाही, माघ २० - पश्चिम दक्षिणस्थित बलरा गाविससँग जोडिएको बसभिटामा भारतले दसगजा मिचेर अग्लो बाटो निर्माण गरेको छ ।अन्तर्राष्ट्रिय सीमा मिचेर उचाइको बाटो बनाउन थालेपछि स्थानीय प्रशासनले स्थलगत निरीक्षण गरी काम रोक्न आग्रह गरेको हो । केही दिनअघिदेखि दसगजामा जोडिएको भारतको बसभिटा ग्राम पञ्चायतअन्तर्गत रघुनाथपुर छेउको माटो हालेर अग्लो बाटो बनाउन थालिएको थियो ।
'अन्तर्राष्ट्रिय सीमा मिचेर बाटो बनेको हामीले सूचना पाएपछि त्यहीं पुगेर रोक्न भनेका छौं,' प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले भने, 'काम रोकेर तत्काल माटो हटाउन त्यहाँका बासिन्दा र सीमा सुरक्षा बललाई निर्देशन दिएको छ ।'
सुरक्षा निकायका पदाधिकारी सोमबार निरीक्षणका लागि त्यहाँ पुगेका थिए । दसगजा सीमा छुट्याउने ३३९/१३ देखि ३३९/२५ सम्मका १३ वटा पिलर नजिकै बाटो बनाएको प्रजिअ घिमिरेले जनाए । बाटो बनाएको क्षेत्रमा पर्ने ३३९/१४ नम्बरको पिलर भने ढलेको उनले बताए ।
दसगजाको ९ मिटर जमिन मिचेर करिब ८ सय मिटर लम्बाइ र चार फिट अग्लो बाटो बनिसकेको अवस्थामा छ । बलरा गाविस १ लक्ष्मीपुर टोलको दक्षिणमा दसगजासँगै टाँसिएर बनेको बस्तीका बासिन्दाको प्रयोगका लागि उक्त बाटो बनाएको हो ।
सीमास्तम्भबाट दुवैतिर १० मिटर जमिन छाड्नुपर्नेमा भारतपट्ट बस्ती बिस्तार र बाटो निर्माण गर्दा एक मिटर पनि खाली छैन । उक्त ठाउँमा नेपालपट्टि भने ५० मिटर खाली छ ।
बाटो निर्माण नगर्न र थुपारिएको माटो हटाउन सीमावर्ती भारतको सितामढी जिल्लाका डिस्टि्रक मजिस्टे्रटलाई खबर गर्न खोजिए पनि सम्पर्क हुन नसकेको जिल्ला प्रशासनले जनाएको छ । 'हामीले तत्कालै गृह मन्त्रालयलाई जानकारी गराइसकेका छौं,' घिमिरेले भने, 'दसगजा मिचेर कुनै हालतमा त्यसरी बाटो बनाउन मिल्दैन ।'
रघुनाथपुरका बासिन्दा र सीमा सुरक्षा बल (एसएसबी) का स्थानीय कमान्डरलाई बाटो रोक्न स्थानीय प्रशासनले मौखिक आग्रहपछि काम रोकिएको सुरक्षा अधिकारीले बताए । औपचारिक रूपमा काम रोकिएको छ छैन भन्ने जानकारी नभएको प्रजिअ घिमिरेले बताए ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login