सहिद (लघुकथा) {साहित्य}

शिव अधिकारी एकाविहानै सहरभरि नराम्रो खबर फैलियो–‘गाडीले किचेर मान्छे मा¥यो ।’ मन दुखित भयो–मेरो । मान्छे मर्नु राम्रो पटक्कै होइन । त्यो पनि दूघर्टनामा ज्यान जानु अझ नराम्रो हो । एकैछिनमा अर्को समाचार आयो–‘उत्तेजित भीडले पसल फोडे । टायर बाले । सडकमा गुडेका गाडी रोकेरै जलाउन थाले ।’ दिनभरी यस्ता थुप्रै घटना सञ्चार माध्यममा आए । मानिसले गफ्फिने बाटो पाए । भोलिपल्ट घटना बिस्तृतमा थाहा भो । पैदल 
यात्रुलाई ठक्कर दिएर गाडी भागेछ । अस्पताल लाँदालाँदै घाइतेको बाटोमै मृत्यु भएछ । त्यसपछि जनता सडकमा उर्ले । आफन्त शोकमा मग्न । अझ चुरो कुरो एउटा राष्ट्रिय राजनीतिक पार्टीले मारिने ब्यक्ति आफ्नो पार्टीको सक्रिय कार्यकर्ता रहेको जनायो । पूरै राजनीतिक कार्यकर्ता सडकमा उत्रिए । लास सडकबाट उठ्न सकेन । हत्याराको पहिचान र कारबाही नभए सम्म लास कसैलाई पनि उठाउन नदिने अड्डी प्रदर्शनकारीले लिए । पुलिस आयो–अश्रुग्याँस प्रहार भयो । डुङ्गा र डुङ्गाका टुक्राहरु पूरै सडकैभरि छरिए । टायरको धूवाँले सहर पूरै कालो भयो । तैपनी भीड मत्थर भएन–झन् उग्र भयो । भीडको आवाज अझ चर्को भयो ।
                     “हत्यारालाई कारबाही गर ।”
                      “मर्नेलाई सहिद घोषण गर ।”
 अन्ततः सरकार निरीह भयो । मर्नेलाई सहिद घोषण गर्न राजी भयो । आफन्तलाई क्षतिपुर्ति स्वरुप दश लाख रुपैया उपलब्ध गराउने सरकारले प्रण ग¥यो र दोषीलाई कारबाही गरी छाड्ने प्रतिबद्धता जाहेर ग¥यो । त्यसपछि उत्तेजित भीड विजय उत्सव मनाउँदै क्रमशः सेलायो । पुलिसले लासको मुचुल्का उठायो । छानबिन ग¥यो । घटना घटेको एघारौं दिनको दिन पुलिसले घटनाको प्रतिवेदन सार्वजनिक ग¥यो–पत्रकार सम्मेलन गरेर । अन्य कुराहरु राखी सकेपछि प्रहरी प्रवक्ता बोले–“मर्ने ब्यक्तिको साथबाट प्राप्त यो पत्र तपाईंहरु सामु राख्दै छु ।”
 म चण्डीप्रसाद त्रिताल । आफ्नो पूरै होसहवासमा यो पत्र लेख्दै छु । मेरो घरमा सधैं हुने घरझगडा र किचलोले मलाई अत्यन्तै मर्माहत बनाईरहेको छ । मेरो तनाब बढाईरहेको छ । उक्त परिस्थितिको सामना गर्न सक्ने क्षमता मैले धेरै अगाडि नै गुमाईसकेको छु । अब मलाई मुक्ति चाहिएको छ । मलाई तनाबबाट उम्किन मन लागेको छ । मैले यसको समाधान पनि सोचिसकेको छु । अब उप्रान्त कथंकदाचित मेरो मृत्यु भएमा त्यसको जिम्मेवार म स्वंयम हुनेछु । अन्य कसैलाई दोषी नठह¥याउन सबैलाई आग्रह गर्दछु । चण्डीप्रसाद त्रिताल, गौशाला, काठमाडौं । हस्ताक्षर । सहीछाप–दायाँ, बायाँ ।

adhikarishiva05@gmail.com
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login