इंटरनेटले बच्‍चाहरूमा नकरात्मक असर पार्ने गरेको


काठमाडौं, १७ असोज हालै बिश्वव्यापी रूपमा गरिएको एक सर्वेक्षनले धेरै समय इंटरनेटमा बस्ने बच्‍चाहरूलार्इ यसबाट नकरात्मक असर पार्ने गरेको तथ्य देखा परेको छ। इसता बच्चाहरूमा सामाजिकता बाट टाढिने, डिप्रेशन तथा मोटाउने रोग समेत बढी मात्रामा लाग्ने गरेको देखियो। 
यस सर्वेक्षनले दिनमा पांच घण्टा भन्दा बढी इंटरनेटमा बिताउनु भनेको हदभन्दा बढी समय बिताउनु भएको देखाएको छ। यस बारेमा उक्त शोधकर्ता मध्येका एक डी. एस. रावतका अनुसार बच्चाहरू इंटरनेटका माध्यमबाट सबै प्रकारका मानिसहरूसंग सामना गरिरहेका हुन्छन्। यसले गर्दा कतिपय समय उनीहरू कमजोर देखिने, हिन भावना जाग्ने, नकारात्मक कूराहरू सोचिने भएकोले यसबाट उनीहरूलार्इ नकरात्मक असर पार्ने गरेको देखिन्छ।
यस सर्वेक्षनमा काममा जाने आमा बाबुका छोराछोरीहरूलार्इ इंटरनेटको लत चाँडै लाग्ने गरेको समेत देखियो। घरमा कोही नँहुदा उनीहरूलार्इ लामो समय सम्म इंटरनेटमा बस्दा समेत कसैले थाँहा नपाउने गरेको देखिन्छ। यसमाथी यस्तो अवस्था शहरी क्षेत्रमा निकै बढेको देखिन्छ।
केटीहरूको तुलनामा केटाहरूले बढी इंटरनेट प्रयोग गरेको समेत यस सर्वेक्षनले देखाएको छ। सर्वेमा समावेश रहेका आधा भन्दा बढी बच्चाहरूले आफुहरू दिनमा पांच घंण्टा भन्दा बढी समय इंटरनेटमा बिताउने गरेको समेत स्विकारेका छन्।

source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login