सर्लाहीमा HIV/AIDS बिरुद्ध भब्य र्याली


 महेश बराल,हजरिया १, सर्लाही UNDP/LRP  द्धारा सहयोग तथा द हजरिया युवा क्लवद्धारा HIV/AIDS (Dec.1) दिवस आयोजना गरिएको HIV/AIDS  बिरुद्धको र्याली आज सर्लाहीको हजरिया गा.बि.स.अन्तर्गतका टोलहरुमा परिक्रमा गर्यो । यस गा.बि.स.का सरकारी तथा गैर सरकारी उच्च माध्यमिक,निम्न माध्यमिक तथा प्राथमिक बिधालयहरु,महिला समुह, संघ,संस्था,क्लवहरु, स्वास्थ चौकी, प्रहरी चौकी आदिका कर्मचारीहरु खुलेर यस ज्यानलेवा महामारीको बिरुद्ध प्ले कार्ड, ब्यानर प्रदर्शन गरि नगर परिक्रमा गरे । चुनावको र्याली बाहेक सामाजिक क्षेत्रमा यती ठूलो र लामो मान्छेको ताँती आज मैले देखे । एक स्थानिय बृद्धले हामीलाई भने । जिन्दाबाद र मुर्दाबाद नै होला भनेर अन्कनाएर बाहिर आउन पनि मन थिएन तर भर्खरका तन्नेरीहरुको लाम देखेर म हर्षबिभोर भएँ । HIV के हो उनलाई थाहा थिएन तर कुरा पक्का थियो हातमा किताव च्यापेका, पछाडि ब्याग भिरेका तन्नेरीहरु राजनीति दलका भाडाका टट्टु भने थिएनन् भन्ने । २५८८ जनाको युवाहरुको लामबद्ध र्यालीले साँच्चै HIV/AIDS सँग मुकाविला गरेर बिजय हाँसिल गरेको बिजय जुलुस भन्दा कम थिएन । कण्डम नाम सुन्ने बित्तिक्कै लाजले मुख छोप्ने युवा, महिला दिदी बहिनीहरु आज खुलेर कण्डम तथा अन्य साधनहरु बारे जिज्ञासु भई प्रति प्रश्न गरेका थिए । “ दोश्रो बच्चा कहिले पहिलो स्कुल जान्छ जहिले, ढाल पसलपसलमा पाईन्छ’’भन्ने बिज्ञापन रेडियो नेपालबाट दिंईरहँदा मैले ढाल भनेको के हो भनेर सोद्धा दाईले फोहोर बोल्छस भनेर निल डाम हुनेगरि कुटेको याद टडकारो छ । तर आज कण्डम र यौनको बारेमा खुलेर दुईचार शब्द भन्न पाउँदा लाग्यो कि मैले कम्तिमा पनि २० देखि ३० जनाको जीवन त बचाउन सकेँ । अहिले रोग नलाग्दै कुरा गर्ने हो पछि त ढिला भै सक्छ ’’ भनेर यस क्लवका अध्यक्ष श्री महेश बरालले आफ्नो मनतब्य दिएपछि सवैले वाहा वाहीको तालीले सभा गुन्जयमान भयो । उच्च मा.बि.का शिक्षक श्री बद्री पोखरेलले यसको रोकथाम तथा ज्क्ष्ख् संक्रमितसंग गर्ने मानवोचित ब्यवहार बारे प्रकास पार्नु भयो । र्याली जनाबादी चौकबाट  सरसफाई गर्दै कण्डमलाई हावामा उडाउदै सुरु गरियो भने अन्त श्री सरस्वती उच्च मा.बि.को प्रांगणमा गएर  हजरियालाई HIV मुक्त क्षेत्र घोषणा गरौं । HIV/AIDS बारे आजै देखि कुरा गरौं । भन्ने प्रतिबद्धताका साथ बिसर्जन गरियो .





















Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login