'मनभन्दा लुगा नै न्यानो'


'हिफाजत'बाट हिट भएका अभिनेता आयुष रिजालको अहिले 'खुशी' फिल्म प्रदर्शन भइरहेको छ। उनीसँग गरिएको ऋतुसंवादः
१. मन पर्ने ऋतु कुन हो?
सबैभन्दा उत्कृष्ट ऋतु शरद नै हो। यसमा न जाडोको चिन्ता हुन्छ न गर्मीको। यो ऋतुमा आत्मीय प्रेमको भाव धेरै हुन्छ। त्यसमाथि हाम्रो महान चाड समेत परेको छ।
२. तपाईंलाई यसपालि जाडोको महसुस कहिलेदेखि भयो?
बिहान सबेरै सुटिङमा धाउनुपर्छ। अस्ति मंसिर १४ देखि अलि धेरै जाडोको महसुस गरेको छु। त्यो दिन त जाडोले गर्दा सुटिङमा समेत अप्ठ्यारो भएको थियो।
३. जाडोमा सबभन्दा बढी केको डर लाग्छ?
प्रायः छाला सम्बन्धी समस्या यो मौसममा धेरै देखिन्छ। त्यसैले यो मौसममा ओठ फुट्ने समस्या मलाई धेरै हुन्छ। सबैभन्दा डर पनि यसैको लाग्छ। त्यसैले लिपगार्डको प्रयोग गर्छु। कहिलेकाहीँ बोक्न बिर्सदा चिन्ता लाग्छ।
४. जाडोमा बाक्लो बाक्लो लुगा लगाउनु पर्दा असजिलो लाग्दैन?
खासै असजिलो हुन्न। बिहान लगाइएको बाक्लो लुगा दिउँसो सुटिङमा फेर्नु परिहाल्छ। साँझ त चिसो भइसक्छ।
५. आगो, घाम र हिटरमध्ये कुनचाहिँ ठिक हो र कुन ताप्नुहुन्छ?
धेरै समय बहिरै बित्ने हुँदा मलाई घाम प्यारो लाग्छ। अझ जाडोमा घाम ताप्दा स्वास्थ्यलाई फाइदै हुन्छ।
६. शरीरलाई तातो राख्न के पिउनुहुन्छ?
कालो चिया धेरै पिउँछु। दिनमा कम्तीमा ५ कप पिउँछु होला।
७. जाडोमा ओछ्यान कति प्यारो बन्दैछ?
अत्याधिक हुन्छ नि। कामको बाध्यता नभएको भए बिहानभर सुत्ने थिएँ। बिहानै साढे ५ मा सुटिङ गर्न निस्कनुपर्छ। कहिलेकाहीँ दिक्क लागे पनि धरै छैन।
८. तपाई बस्ने घर जाडोलाई सुहाउँदो छ कि छैन?
दुवै मौसम सुहाउँदो छ। तर म बेलुका मात्र घरमा हुने हुँदा त्यसको कुनै मतलब गर्दिन। मेरो कोठामा घाम आउँछ।
९. तपाईको अनुभवमा मान्छेको मन न्यानो कि बाक्लो लुगा?
जाडोको लागि हो भने बाक्लै लुगा न्यानो हो। जाडोमा मान्छेको मन बुझ्नुभन्दा आफ्नो शरीर न्यानो बनाउनु राम्रो। मायाप्रेमको मामिलामा भने मन न्यानो चाहिन्छ, लुगा होइन।
source: -nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login