पाँच वर्षदेखि युवती कुवेत अस्पतालमा



हेटौंडा, मंसिर १८ - वैदेशिक रोजगारीका लागि ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक युवती कुवेतको फर्वानिया अस्पतालमा जीवनमरणको दोसाधमा छिन्  ।
उद्धारका लागि उनका परिवारले सरकारलगायत संघसंस्थाहरुसँग अनुरोध गर्दै आएका छन । मकवानपुर सुकौरा गाविस-२ की २४  वर्षिया शान्तिमाया दोङ विगत ५ वर्षदेखि कुवेतको उक्त अस्पतालमा अचेत अवस्थामा छिन् ।
२०६१ सालमा दिल्ली हुदै कुवेत पुगेकी दोङको अवस्था नाजुक रहेको छ । एनआरएन कुवेतका उपाध्यक्ष धर्मराज गिरीका अनुसार दोङको घाटी र पेटमा प्वाल पारेर जुस र झोलिलो पदार्थ वाइपास गरेर सम्वन्धित अंगहरुमा पुर्‍याएर जीवित राखेका छन् । अविवाहित दोङ कुवेत पुगेको ६ महिनापछि नै परिवारसंग सम्पर्कविहिन भएकी थिइन । परिवारले सोधखोज गर्ने क्रममा कुवेतका नेपालीहरुवाट दोङ विगत ५ वर्षदेखि अस्पतालको शैय्यामा  अचेत अवस्थामा रहेको एक साताअघि जानकारी पाएका हुन । पैसा कमाउन गएकी छोरी अस्पतालमा अचेत अवस्थामा रहेको जानकारी पाएपछि शान्ति मायाको वावु तेजवहादुर दोङ अहिले भौतारिएर काठमाण्डौ र  हेटौडा गरिरहेका छन  ।
विरामी छोरीलाई कसरी नेपाल झिकाउने भनेर उनी यहाका सामाजिक संघसंस्थ र सरकारी निकायमा धाइरहेका छन् । छोरीको  सास हुँदै नेपाल फर्काउन पाए हुन्थ्यो भन्दै संचारकर्मीसंग आँशु वगाउँदै तेजवहादुरले भने 'विदेश जान पर्दैन भन्दा साथीको लहैलहैमा लागेर गइन्, अहिले यस्तो खवर आयो' । कुवेतका विभिन्न संघसंस्थाले पनि शान्तिमायालाई नेपाल फर्काउन माग गर्दैं आएका छन । राजदुतावासवाट पहल नभएको गुनासो उनीहरुले गरेका छन् । प्यारालाइसिसका कारण अचेत अवस्था रहेकी शान्तिमाया दोङलाई नेपाल ल्याउन कम्तिमा  ८ लाख रुपैया खर्च लाग्ने छ । २४४२६६३ नम्बरको पासपोर्ट भएकी शान्ति मायालाई सन् २००६ मार्च २२  तारेखमा कुवेतीको  अस्पताल भर्ना गरेको एनआरएन कुवेतका उपाध्यक्ष गिरीले वताए ।
शान्ति मायाको साहुले फर्वानीया अस्पतालको सर्जिकल वार्डको वेड नम्वर ४ भर्ना गरी छाडेको अस्पतालले जनाएको छ । दोङको कुवेतस्थित अदालतमा मुद्दा पनि रहेको छ । घरेलु रोजगारीका लागि कुवेती आएकी शान्तिमायालाई घरका मालिकले पाशविक यातना दिएर अस्पतालमा ल्याएर छाडेको कुवेतस्थित नेपालीहरुले दावी गरेका छन् । शान्तिमायाको उद्धार गरिदिन उनका वावु तेजवहादुरले सरकार र संघसंस्थाहरुसंग अनुरोध गरेका छन् ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login