नारायण गोपालको २० औं स्मृति दिवस मनाइँदै

 मंसिर,१९ काठमाडौं । स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको २० औं स्मृति दिवस आइतबार मनाइँदैछ । नारायण गोपालको सम्झनामा आज नारायण गोपाल संगीत कोषलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
बुवा आशागोपाल गुरुवाचार्य र आमा रामदेवीको कोखबाट १९९६ असार १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपालका करिब पाँच सय गीत रेकर्ड भएका छन् । शास्त्रीय, आधुनिक, चलचित्र, स्वदेशगानमा स्वर र संगीत दिएका नारायण गोपालका सबैजसो गीत कालजयी छन् ।
उहाँले २०२३ सालमा सर्बोत्तम संगीतकार, २०२४ सालमा सर्बोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरुस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरुस्कार पाउनु भएको छ । उहाँलाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरुस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
बागीना नामक पहिलो संगीत पत्रिकाका सम्पादकसमेत रहेका नारायण गोपाल साँस्कृतिक संस्थानका महाप्रबन्धक तथा सन्चार मन्त्रालयका सल्लाहकार पनि हुनुहुन्थ्यो ।
नारायण गोपालले ‘कान्छी मस्याङ’ नामक गिती नाटक पनि लेख्नु भएको छ । नेपाली संगीत क्षेत्रका धरोहर नारायण गोपालको पेमला लामासँग २०२७ सालमा प्रेम ववाह भएको थियो । भने २०४७ साल मंसिर १९ गते आजकै दिन उहाँको स्वर्गारोहण भएको थियो ।
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login