१६ मंसिर, काठमाडौं । यस बर्षको सिएनन हिरो घोषित हुनु भएकी माईती नेपालकी अध्यक्ष अनुराधा कोईराला अमेरिकाबाट विहीबार मध्यान्ह स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ सिएनएन हिरोको उपाधी ग्रहण गर्न अमेरिकाको लसयन्जलस पुग्नु भएको थियो ।
उहाँको स्वागतका लागि भब्य तयारी गरिएको छ । माइती नेपाल लगायतका बिभिन्न संघ संगठनको संयुक्त पहलमा उहाँलाई बिशेष स्वागतका साथ त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलबाट माइती नेपालसम्म पुर्याइने कार्यक्रम छ ।
प्रसिद्ध अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले चेलीबेटी बेचविखनविरुद्ध सकृय योगदान पुर्याएवाफ्त कोइरालालाई यस वर्षको ‘सिएनएन हिरो-२०१०’ले सम्मान गरेको छ । सन् १९९३ बाट अनवरत रुपमा बालबालिका र महिला बेचविखनविरुद्ध माईती नेपाल नामक संस्थाबाट अभियान सन्चालन गर्नु भएकी कोईरालाले १२ हजारभन्दा बढी युवती र महिलाहरुको उद्धार गरीसक्नु भएको छ ।
विश्वभरमै सामाजिक क्षेत्रमा सकृय योगदान पुर्याउने एकजना नागरिकलाई सिएनएनले हरेक वर्ष ‘सिएनएन हिरो’ले सम्मान गर्दै आएको छ ।
source:onlinekhabar
0 commentaires