अनौपचारिक शिक्षा कार्यक्रममा व्यापक अनियमितता

विजेता सिंह/जनकपुर,१६ मंसिर
जिल्ला शिक्षा कार्यालय धनुषा मार्फत सञ्चालन भएको अनौपचारिक शिक्षा कार्यक्रम, भर्ना अभियान, दलित छात्रवृती वितरणमा व्यापक अनियमितता भएको खुलासा भएको छ । आर्थिक वर्ष ०६६/०६७ मा धनुषाका १०१ गाउँ विकास समिति र नगरपालिकामा गरी ११५७ अनौपचारिक कक्षा सञ्चालन गरिएको थियो । कक्षामा पढाउने ११५७ जना सहयोगी कायईकर्ताहरुको पारिश्रमिक गैर सरकारी सँस्थाहरु मार्फत सहयोगी कार्यकर्ताले पाउने प्राबधान छ । तर ऐन नियम विपरित सहयोगी कार्यकर्ताको पारिश्रमिक बापत भन्दै कार्यालयका आरपी राजकुमार यादवले एक मुष्ठ चेकमार्फत ८७ लाख रुपैयाँ बुझेको कार्यलयकै तथ्यांक बाट देखिन्छ । कार्यालयका एकाउन्टेन्ट राजेन्द्र साहले भने कार्यालय प्रमुखले आदेश दिएपछि मैलेँ चेक काटेको हुँ, त्यो भन्दा बढी मलाई केही थाहा छैन । 
तल्लो स्तरका एक जना कर्मचारीका अनुसार कक्षा सञ्चालन गर्ने एनजीओहरुले कक्षा सञ्चालन नै नगरी कागजात पेश गरेको थियो । त्यसकारण अलिअलि रकम एनजीओहरुलाई दिएर सम्पुर्ण रकम जिशिअ सदानन्द झा, लेखापाल राजेन्द्र साह, राजकुमार यादव र लेखाप्रमुख प्रल्हाद भुजेलले बाँडफाँड गरेको उहाँले बताउनुभयो । 
नेपाल शिक्षक सँघ धनुषाका पुर्व अध्यक्ष कारी यादवले भने सरकारले प्रत्येक वर्ष धनुषामा अनौपचारिक कक्षा सञ्चालन गर्नको लागि करोरौँ रुपैया खर्च गर्दछ । तर त्यो सम्पुर्ण रकम वालुवामा पानी खन्याए जस्तै भएको छ । जिल्लामा एउटा पनि अनौपचारिक शिक्षाको कक्षा सञ्चालन हूँदैन । कार्यालयका पदाधिकारी र केही शैक्षिक माफियाहरुले सम्पुर्ण रकम हिनामिना गर्ने गरेको पुर्वअध्यक्ष यादवको कथन छ ।
Source :- Dainikee

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login