जनकपुरमा विवाह पञ्चमी मेलाको तयारी, मेलामा हात्ती, घोडा र उँटले शोभा बढाउने

अजयकुमार साह जनकपुर १५ मंसीर
प्रत्येक जनकपुरमा विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा लाग्ने मेलाको तयारी सुरु भएको छ । यसपटक सीताराम विवाह पञ्चमी महोत्सवमा हात्ती, घोडा र उँटले पनि शोभा बढाउने भएको छ । विगतमा झैं यस वर्षपनि साता व्यापी रुपमा विवाह पञ्चमी महोत्सव मनाइने र यसपटक महोत्सवमा हात्ती, घोडा र उँटको प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ । जानकी मन्दिर स्थित शीशमहलमा भएको सर्व पक्षीय बैठकले हात्ती, घोडा र उँटको व्यवस्था गर्न महावीर युवा कमिटीलाई आग्रह गरेको छ । सो कमिटीले २०० वटा हात्ती, घोडा र उँटको व्यवस्था गर्ने कमिटीका अध्यक्ष शम्भुप्रसाद साहले बताए ।
यही मंसिर १९ गतेदेखि २५ गतेसम्म विवाह पञ्चमी मनाइने कार्यक्रम रहेको छ । कार्यक्रम अन्तर्गत मंसीर १९ गते नगर दर्शन, २० गते फूलबारी तीला र २१ धनुषा यज्ञ जानकी परिसरमा हुने र मंसिर २२ गते तिलकोत्सव राममन्दिरमा, २३ गते मटकोर अङ्गराज पोखरीमा र २४ गते वैवाहिक कार्यक्रम रहेको छ ।
सो अवसरमा साँस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम समेत रहेको बताइएको छ । मंसिर २५ गते राम कलेवाको आयोजना गरी विवाह महोत्सवको समापन हुने कार्यक्रम निर्धारण गरिएको छ ।
बैठकले विवाह पञ्चमी महोत्सव अवधिमा लोडसेडिङ नगर्न भनि विद्युत प्राधिकरणलाई अनुरोध समेत गरेको छ ।
source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login