नयाँ मिस नेवाको खोजी

काठमाडौ, मंसिर १२  -
नयाँ मिस नेवाको खोजी सुरु भएको छ । नेवार समुदायका युवतीहरूमाझ गरिने यो सौन्दर्य प्रतियोगिताको शनिबार लैनचौरस्थित होटल मल्लमा अडिसन राउन्ड सम्पन्न भयो । प्रतिभा प्रस्फुटनसँगै नेवारी भाषा र संस्कृतिमा केन्दि्रत रहने प्रतियोगिताको यो छैठौं संस्करण हो । अडिसनमा देशभरका ४६ युवती सामेल थिए, जसमध्ये ३५ जना अन्तिम प्रतिस्पर्धाका लागि छानिएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

अडिसन राउन्डबाट छानिएका मध्ये धेरैजसो भक्तपुर, काठमाडौं, बनेपा, स्याङ्जा, पोखराका छन् । मिस नेवा-२०१० बन्ने धोको बोकेर लाइनमा उभिनेमा

नयाँदिल्लीकी पूजा श्रेष्ठ पनि थिइन् । पुस्तौंदेखि दिल्लीमै बसोबास गर्दर्ै

आएकी पूजाले वेबसाइटबाट खबर थाहा पाएर प्रतियोगिताका लागि आइपुगेकी बताइन् । 'यसपटक अलि बढी मौलिक संस्कृति र भाषामै फोकस हुन्छौं,' हेमाले भनिन्, 'आफ्नो संस्कृति खोज्दै दिल्लीदेखि आएको देख्दा हामीलाई हौसला

मिलेको छ ।'

पुस १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम प्रतिस्पर्धामा उत्रिने प्रतियोगीहरूलाई एक महिना क्लोज म्याम्पअन्तर्गत भाषा, संस्कृति र व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणसँगै हाइकिङ, सांस्कृतिक अवलोकनका लागि स्थलगत भ्रमण गराइने बताइएको छ ।

 source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login