आइपुग्यो एमआरपी

काठमाडौं, मंसिर २ (नागरिक)- मेसिनले पढ्ने राहदानी (एमआरपी) को पहिलो खेपअन्तर्गत केही सय थान बुक बुधबार आइपुगेको छ। फ्रान्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार झरेको एमआरपी बुधबार मन्त्रालयमा दाखिल गरिएको छ।
फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीले पहिलो खेपमा ट्राभल डकुमेन्ट, अफिसियल, साधारण र कूटनीतिक गरी चारै किसिमका एमआरपी पठाएको छ। मन्त्रालयले पहिलो खेपको संख्या खुलाएको छैन।



'पहिलोपटक केही सय थान आइपुगेको छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'चारै किसिमका एमआरपी आएका छन्।' एक साताभित्र ४ लाख थान भित्रिने जानकारी स्रोतले दिएको छ।
परराष्ट्र-ओबर्थर सम्झौतामा उल्लेख गरिएभन्दा दुई साता ढिला एमआरपी आइपुगेको हो। भदौ ११ गते भएको सम्झौताअनुसार दुवै पक्षले हस्ताक्षर गरेको ७० दिन कात्तिक १९ भित्र पहिलो खेप ४ लाख थान भित्रिनुपर्थ्यो।

प्राविधिक र आन्तरिक कारण देखाउँदै ओबर्थरले एक साताअघि एमआरपी आउन केही दिन ढिलो हुने जनाएको थियो। जानकारीपत्रमा ओबर्थरले फ्रान्समा भएको हडताल र एमआरपीको बाहिरी कभरको मसी सुक्न समय लागेकाले ढिलो भएको उल्लेख छ।
बुक आइपुगे पनि एमआरपी तत्काल जारी गर्ने पक्षमा परराष्ट्र नभएको स्रोतले बतायो।
सरकारी अड्डा तथा कार्यालय, अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ), विदेशी नियोगलाई जानकारी गराउन बाँकी रहेकाले एमआरपी जारी गर्न घटीमा १५ दिन लाग्ने परराष्ट्रको भनाइ छ। परराष्ट्रका अनुसार एमआरपीमा सूचना इन्ट्री गर्ने दक्ष जनशक्ति तयार पार्न पनि अझै केही दिन लाग्नेछ।

त्यसअघि एमआरपीबारे सर्वसाधारणलाई जानकारी गराउन विशेष अभियान चलाउने तयारीमा परराष्ट्र छ। 'हामी एक-दुई दिनमै एमआरपी जारी गर्नसक्ने अवस्थामा छौँ,' स्रोतले भन्यो, 'तर, सर्वसाधारणलाई यसबारे विस्तृत जानकारी दिएर जारी गर्दा एमआरपीमा गल्ती हुने सम्भावना कम रहने भएकाले पहिले अभियान चलाउन लागिएको हो।'
source:-nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login