प्रशान्त तामाङले अर्को वर्ष विहे गर्ने {मनोरन्जन}


कास्की, मंसिर ३ - तेस्रो इन्डियन आइडल प्रशान्त तामाङ  प्रेम र विवाहको बारेमा उति सारो खुलेर कुरा गदैनन् ।  इन्डियन आइडल बनेपछि उनका युवति फ्यानहरु अधिक बढे ।  कतिले त  उनलाई  सिंधै प्रेम प्रस्ताव समेत राखेका थिए ।  तर आज तिनै मध्येमा एक युवति उनको जीवनसंगिनी बन्न लागेकी छिन् ।
लज्जालु स्वभावका तामाङले आफुद्धारा अभिनित पहिलो नेपाली चलचित्र गोर्खा पल्टनको प्रचारका लागि बिहीबार पर्यटकीय नगरीमा झुल्किका  उनले आफनो प्रेम सम्बन्ध र विवाहको रहस्य खोलेका छन् ।
पोखराको श्रीकृष्ण हलमा चलीरहेको गोर्खापल्टन सिनेमा हेर्ने दर्शकहरु संगको भेट पछि  उनले आफुले अर्को वर्ष पक्का पक्की विहे गर्ने बताए । 
 प्रेमको बारेमा सामान्य रुपमा संचारमाध्यमा बताउदै आए पनि उनले विवाहको बारेमा भने कुनै कुरा सार्वजनिक गरेका थिएनन । अर्को वर्ष विहे पछि  हनिमुनका लागी पोखरा आउने सोच समेत बनाइसकेको बताए ।
    विमान परिचारिका  नागाल्याण्ड निवासी  नेपाली मुलकी गीता थापा  मगर संग उनले आफनो प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन । उनले विवाहका लागी आफनो घर र   उनकेा घरबाट पुर्णरुपमा सहमति समेत भइसकेको बताए  ।
      इन्डियन आइडल बनेपछि कार्यक्रमका क्रममा बैगलोरमा उनी र गीता बीच चीनजान भएपछि प्रेम सम्बन्ध अघि बढेको थियो । पहिला कसले प्रस्ताव राख्यो त उनले जवाफ फर्काए, 'दुवैले मन पराएको हो ।' त्यही भएर कसले पहिला प्रस्ताव राख्यो पत्तै भएन तामाङले ठट्यौलीम पारामा भने, 'उनि सारै राम्री पनि छिन् ।' उनिहरु बीच प्रेमसम्बन्ध गासिएको तीन वर्ष व्यतित भइसकेको छ ।
हेटौटा, नारायणगढ, बुटवल पाल्पा हुदै पोखरा आइपुगेका उनलाई पुर्व गोर्खा परिवारले पोखरामा भव्य अभिनन्दन पनि गर्‍यो । सोपाङ तमु समाजमा पुर्व गोर्खा परिवार माझ घेरिए । उनि संग तस्विर खिचाउनेहरु हानथाप पनि भयो । उनले नेपालीहरु माया र सद्भावले गर्दा एउटा साधारण मान्छे यो उचाईमा पुगेको बताए । उनले आम नेपाली आफनो जन्मदिने आमा भएको बताउदै  यस्तो मायाको आफु संधै ऋणी भएको जनाए । नेपालीहरुले मलाई गरेको सहयोगका लागी मैले केही दिन सक्दीन तामाङले भने, 'नेपाली कला र संगीतका लागी भने सधै योगदान दिइरहने छु ।'
उनले आफु रहरै रहमा इन्डियन आइडलमा सहभागी भएको तर यस्तो सफलता पाएला भनेर कल्पना समेत आफुले नगरेको बताए । यो सवैको पछाडी आम नेपालीहरुकै सहयोग रहेको दोहोर्राए ।  उनले आफुद्वारा अभिनित चलचित्रको गीत गाएर पोखरेलीहरुलाई नचाउनुका साथै आफु पनि नाचेर मनोरञ्जन दिएका थिए ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login