पशुपतिको पूर्वी ढोका जिर्णोद्धार गर्न निर्देशन

अर्जुन सुवेदी, काठमाडौं, मंसिर १२- प्रधानमन्त्री माधवकुमार नेपालले पशुपतिनाथ मन्दिरको पूर्वी ढोका जिर्णोद्धारको कामलाई तत्काल थाल्न निर्देशन दिएका छन्। शनिबार बिहान पशुपतिनाथ मन्दिरको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले भासिन लागेको पूर्वी ढोका लगायतका मन्दिर जिर्णोद्धारको काम तत्काल थाल्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन्।

 'पूर्वी ढोका भासिन लागेकाले तत्काल काम बढाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ।' पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम बैद्यले नागरिकसँग भने 'मेरो संयोजकत्वमा नौ सदस्यीय विज्ञ टोली गठन भएको छ। अव निर्देशन अनुसारनै केही दिनमा काम सुरु गरिहाल्छौं।' उनले भेटीघाटी र मन्दिरको दीर्घकालीन योजनाको विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण भएको बताए। उनका अनुसार टोलीमा धार्मिक सांस्कृतिक, पुरातात्विक विज्ञ लगायतका प्राविधिकहरु रहेका छन्।
बिहान नौ बजे केही सुरक्षाकर्मीसहित पशुपतिनाथ पुगेका प्रधानमन्त्री नेपालले सुरु मै मन्दिरको पूर्वी भागको निरीक्षण गरेका थिए। एक घन्टाभन्दा बढी समय पशुपति मै बिताएका प्रधानमन्त्रीले निरीक्षणपछि मन्दिरको दर्शनसमेत गरेका थिए। उनले त्यहाँ उपस्थित धार्मिक, सांस्कृतिक, पुरातात्विक क्षेत्रका विज्ञहरुसँग मन्दिरको विषयमा छलफल समेत गरेका थिए। 'जिर्णोद्धारको आवश्यकता देखिएकोले तत्काल काम सुरु गरिहाल्नुस्।' प्रधानमन्त्री नेपाललको भनाई उदृत गर्दै कोषाध्यक्ष बैद्यले भने 'पशुपतिनाथ विश्वकै प्रमुख धार्मिक सम्पदा भएकाले दिर्घकालिन योजना बनाएर काम गर्न आवश्यक छ। '


स्रोतका अनुसार पशुपतिनाथको पूर्वी ढोका भासिन लागेको विषयमा नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री नेपालले शुक्रबारनै कोषका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए। त्यसपछि शुक्रबार नै संस्कृति मन्त्रालयका पदाधिकारीहरुले मन्दिरको निरीक्षण गरेपछि प्रधानमन्त्री निरीक्षणमा गएका हुन्।

सात वर्षअघि सामान्य चिरिएजस्तो देखिने मन्दिरको पूर्वी भागका संरचनाहरु बढेर पूर्वी भागदेखि गेटको चौकोस बांगिएको छ भने मन्दिर पस्ने खुट्किला बाग्मतीतर्फ सोहोरिएका छन्। छेवैमा रहेका आर्यघाट सेवा केन्द्र र मुक्तिमण्डप भवन चिरिएका छन्।
कोषका कोषाध्यक्ष वैद्यले अव केही सातामै पुर्वी ढोका जिर्णोद्धारको काम थाल्ने बताए। 'अहिलेको समस्यालाई टुंग्याइहाल्छौं। त्यसपछि दिर्घकालिन योजनाको काम सुरु हुन्छ।' उनले तत्कालिन समस्याको समाधान कसरी गर्नै भन्ने विषयमा विज्ञहरुसँग सल्लाह गरेर काम थाल्ने समेत बताए। उनले भने 'पुरै मन्दिर जिर्णोद्धारको काम पछि हुन्छ।'

पशुपतिनाथको भेटीघाटी पारदर्शी बनाउने विषयमा सर्वोच्च अदालतले उच्चस्तरीय कार्यदल बनाउने विषयमा समेत आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कोषाध्यक्ष बैद्यले बताए। 'पशुपतिनाथ मन्दिरको दिर्घकालिन रुपमा योजना बनाएर काम गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।' वैद्यले भने।

संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले मन्दिरको जिर्णोद्धारको लागि विज्ञ टोली गठन भैसकेकाले तत्काल काम सुरु हुने बताए। 'पुर्वी गेट तर्फको भाग भासिन लागेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री ज्यू ले चासो राख्नुभएको थियो।' प्रवक्ता डोटेलले भने 'त्यसलगत्तै त्यसपछि जिर्णोद्धारको लागि विज्ञहरुको टोली गठन भएपछि प्रधानन्त्री खुसी हुनुभएको छ। 'उनले पशुपतिको धामिर्क ,ऐतिहासिक महत्वलाई जोगाइराख्न प्रधानमन्त्रीले जोड दिएको समेत बताएको छ।

यसअघि झण्डै ५० बर्ष पहिले जिर्णाेद्धार भएको पशुपतिनाथ जिर्णोद्धारको लागि पटक पटक अध्ययन भएपनि कोषले हालसम्म काम थाल्न सकेको छैन। २० वर्ष पहिलेदेखि जिर्णोद्धारका लागि विज्ञहरुको टोली बनाउदै आएको कोषले पछिल्लो पटक गत वर्ष शंकरनाथ रिमालको संयोजकत्वमा प्राविधिक टोली गठन गरेको थियो। राजनीतिक नियुक्तिका कारण पदाधिकारीहरु परिर्वन भैरहने हुनाले समयमै तोकिएको काम हुन नसकेको अधिकारीहरु बताउँछन्।
source:-nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login