नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ


काठमाडौ, मंसिर ३ - नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर विदेशमा अध्ययनका लागि जाने तयारीमा हुनुहुन्छ भने सावधान । अधिकांश दूतावासले शंका लागेका शैक्षिक प्रमाणपत्रबारे गोप्य रूपमा अनुसन्धान थालेका छन् ।
बिहीबार मात्रै प्रहरीको विशेष टोलीले जर्मनी दूतावासमा नक्कली प्रमाणपत्र बुझाएर भिसाका लागि प्रयास गरेका एक आवेदकलाई पक्राउ गर्‍यो । ती आवेदकको सूचना आधारमा नक्कली प्रमाणपत्र बनाउने गिरोहमा संलग्न एक सञ्चारकर्मीसहित अन्य ६ जना पक्राउ परे ।
जर्मनी दूतावासमा नक्कली प्रमाणपत्र पेस गर्ने आवेदक हुन् कृष्णबहादुर थापा । उनको एसएलसी र प्लस टुका शैक्षिक प्रमाणपत्र 'अस्वाभाविक' देखेपछि दूतावासले गोप्य
रूपमा उनका कागजात यकिन गर्न प्रहरीलाई अनुरोध गरेको थियो । प्रहरीले सम्बन्धित निकायमा कागजपत्र जाँच गर्दा सबै नक्कली भएको रहस्य खुल्यो । त्यसपछि तत्कालै थापालाई नियन्त्रणमा लिइयो ।
थापाले उक्त प्रमाणपत्र आफन्तमार्फत ३६ हजार रुपैयाँमा किनेका रहेछन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार रेसम केसीले २८ हजारमा उक्त प्रमाणपत्र बनाउन लगाई थापालाई बेचेको खुल्न आयो । २८ हजार लिने केसीले दीपक राउत नाम गरेका अर्का एक व्यक्तिलाई १७ हजार दिएर लिएका रहेछन् । राउत पत्रकार महासंघ काभे्र शाखाका सञ्चारकर्मी समेत हुन् ।
राउतको बयानअनुसार उनले पनि प्रकाश लामा भन्ने व्यक्तिलाइ १५ हजार तिरेर लिएका रहेछन् । लामाले पनि राजेन्द्र श्रेष्ठ भन्ने व्यक्तिलाई दस हजार पाँच सय रुपैयाँ दिएर बनाउन लगाएको खुल्यो । एक पछि अर्को गर्दै पक्राउ परेका अभियुक्तका बयानअनुसार श्रेष्ठले पनि आशा लामा नाम गरेका अर्का एक कम्प्युटर व्यवसायीलाई तीन हजार दिएर प्रमाणपत्र बनाएका रहेछन् ।
लामाले ललितपुरको टंगालस्थित रियल भिजन कम्प्युटर इन्स्िटच्युटबाट ती नक्कली प्रमाणपत्र बनाउने गरेको भेटियो । प्रहरीले उक्त इन्स्िटच्युटबाट थप अनुसन्धानका लागि चार थान कम्प्युटरसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै काभ्रे जिल्ला निवासी हुन् । प्रहरीले नक्कली प्रमाणपत्र बनाउन संलग्न सबैलाई पक्राउ गरी थप अनुसन्धानका लागि बिहीबारै महानगरीय अपराध महाशाखामा बुझाएको छ ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login