'मान्छेहरू प्रेम होइन पैसामा पागल'

काठमाडौं, कात्तिक १६ -गायक शिव परियारको छैटौं एल्बम 'पागल' केही समयअघि रिलिज भएको छ। एल्बमको सबै गीत ३० वर्ष शैक्षिक क्षेत्रमा काम गरेका केशव आचार्यले लेखेका हुन्। शिवले संगीत समेत दिएको 'पागल बनायो' गीत अहिले चर्चामा छ। एल्बमका तीन गीत पागल सम्बन्धी छन्। १. गीत सुनेर मान्छे पागल हुन्छ कि हुँदैन? शब्दको गहिराइमा बुझेर त्यही अनुसार गीत गाइन्छ। गीतको मर्म बुझेर त्यसलाई आत्मसात गर्नेहरू पागल हुन पनि सक्छन्। प्रायः गजल सुन्ने श्रोताहरूमा आफ्नै किसिमको पागलपन हुन्छ।  २. अनि गीत सुनेर पागल मान्छे ठीक हुन्छ कि हुँदैन? त्यो चाहिँ श्रोतामा भर पर्छ। हामीले तयार पारेका गीतबाट कोही मानिस ठीक हुन्छन् भने राम्रै कुरा हो। मानसिक समस्यामा परेकालाई गीत सुनाउने थेरापी सुरू भएको कुरा सुनेको छु।  ३. गायकले किन पागल शब्दलाई बढी प्रेम गर्छ? धेरैले पागल सम्बन्धी गाउँछन् नि। गजलमा कुनै पनि अवस्थाको अधिकतम गहिराइलाई व्यक्त गर्दा पागल शब्दको प्रयोग गरिन्छ। मेरो नयाँ एल्बममा गजलहरू समावेश भएकाले यो शब्द धेरै प्रयोग भएको छ।  ४. 'पागल' फ्यानको चपेटामा पर्नुभएको छ? अति धेरै। हामी जस्ता कलाकारलाई धेरै गाह्रो छ। फ्यानहरूले पछ्याएर हैरान हुन्छ। उहाँहरू मेरो गीतबाट प्रभावित भएका हुन्। तर मलाई नै पछ्याउँछन्। बलेको आगो ताप्ने समाजमा यसलाई स्वाभाविक मानेको छु।  ५. पागल प्रेमी भन्छन्, प्रेममा मान्छे पागल हुन्छ? आमाबाबुको पुस्तासम्म प्रेममा पागल भएँ भन्नेहरू भेटिन्थ्यो। अहिले त बनावटी र व्यावसायिक भएकाले मानिसहरू धनसँग जोडिएको प्रेममा पागल हुँदा रहेछन्। प्रेमभन्दा पनि पैसालाई मान्यता दिने पागल प्रेमी धेरै भेटिन्छन्।  ६. सबै मान्छेमा कुनै न कुनै तहको पागलपन हुन्छ भनिन्छ, हो? एकदमै हो। मानिसलाई केही कुरामा सामान्यभन्दा अधिक रूचि हुनासाथ त्यसलाई पागलपन भनिन्छ। कसैलाई गीत गाउने पागलपन होला त। कसैलाई गीत सुन्ने। मानिसको रूचि अनुसार पागलपन फरक हुन्छ।  ७. तपाईमा कति छ पागलपन? म पनि साधारण मान्छे भएकोले पागलपन भेटिन सक्छ। अन्य कुरा भन्दा पनि संगीतमा मेरो पागलपन धेरै छ।  ८. गीत गाउन पाउनुभएन भने तपाई पागल हुने सम्भावना कति छ? प्रश्न सुन्दै डर लाग्यो। संगीतबिना म बाँच्ने कुरा नै सोच्न सक्दिन्। झन्डै १२ वर्ष औपचारिक रूपमा संगीतमै लागियो। अब यसबाहेक अरु कुरा सोच्न पनि सक्दिन। यो क्षेत्र छाडेमा मैले श्रोताबाट पाएको माया पनि गुमाउने छु र पक्कै पनि पागल हुन्छु होला।  ९. पागल होइन मानसिक रोगी भन्नुपर्छ रे नि? पागल शब्द त्यति सम्मानजन होइन रे? तर, तपाईले यही शब्द प्रयोग गर्नुभयो। सामाजिक रूपमा मानसिक रोगी भन्नुपर्छ। मैले चाहिँ गीतको भाव व्यक्त गर्न 'पागल' शब्दको प्रयोग गरेको हुँ। संगीतमा पागलपन हुनेलाई आनन्द महसुस गराउन यसलाई प्रयोगमा ल्याइएको हो। संगीतमा पागल भन्ने शब्दले मानसिक रोगीलाई मात्र धेरै अर्थ बुझाउँछ।  १०. सुन्ने मान्छेहरूकै पागलपनले गर्दा यो पागल गीत हिट भएको हो कि? यसअघि 'अलिकति नजर', 'तिम्रो निम्ति', 'रंगमञ्च', 'संगी', 'खुल्लम खुला' र 'फाटेको मन' लगायत फरक फरक गीत प्रस्तुत गरिसकेको छु। श्रोताहरूले सबै खाले गीत मनपराउनु भएको छ। त्यसैले उहाँहरूमा मेरो गीतप्रतिको पागलपन छ जस्तो लाग्छ। गीत हिट हुनुमा पागलपनको देन छ। यो पागल गीतलाई मैले मेरो सिर्जनात्मक भर्‍याङको एक खुड्किलोको रूपमा लिएको छु।


source:-(नागरिक)
Tags: ,

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login