सुनका लागि एक बालकको जिउँदै खोलामा फालेर हत्या

म्याग्दी, कात्तिक ३०- म्याग्दीका एक सुन व्यवसायीले २५ सय पर्ने सुनका लागि एक बालकको अपहरणपछि ज्युँदै खोलामा फालेर हत्या गरेका छन्। कुहुँ- ४ का लोकबहादुर फगामी र टकदेवीका ६ बर्षीय छोरा निकेशलाई तातोपानीका सुनचाँदीका गहना व्यवसाय गर्ने सुवास विश्वकर्माले शनिबार जिउँदै म्याग्दी खोलामा फालेको सकारे।  मामाघर बसी तातोपानी इङ्लिस बोर्डिङ स्कुलमा नर्सरी अध्ययनरत बालक निकेशले लगाएको सुन खोसेको सार्वजनिक हुने डरले हत्या गरेको विकलाई उद्धृत गर्दै डिएसपी दिनेशकुमार आचार्यले जानकारी दिए। विकले बालकलाई चक्लेट दिने प्रलोभनमा पसलमा बोलाई सोही दिन खोलामा फालेको बयान दिएका छन्।  'फकाएर सुन झिकेपछि पोल खुल्ने डरले हत्या गरेको विकले बयान दिए,' आचार्यले भने, 'मुन्द्रा किचेर पातलो बनाई बेनी बजारको एक सुन पसलमा २५ सय ५ पाँच रुपैयाँमा बेचेको समेत अनुसन्धानमा देखिएको छ।'  निकेशले दुवै कानमा ६ रती सुनका मुन्द्रा लगाएको भए पनि केही दिनअघि एक कानमा सानो घाउ आएकाले आमा टकदेवीले त्यहाँको मुन्द्रा झिकिदिएको आफन्तले बताए।  

बालकको चप्पल खोला किनारमा फेला परे पनि शव भने अझै फेला परेको छैन।  बाग्लुङ घर भएका विकले चार महिनाअघि तातोपानीका दिपक रोकाको घरमा पसल थापेका थिए। बालकलाई केही दिनदेखि फकाउने गरेकोले निकेशका आफन्तले उनीमाथि शंका गरेका थिए। विकले बालबालिका फकाउने, फलामको औंठी बनाई लगाइदिने जस्ता काम गर्ने गरेको निकेशकी हजुरआमा होमकुमारी घर्तीमगरले जानकारी गराएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।  विकविरुद्ध प्रहरीले बालक अपहरण र हत्याको अभियोगसहित मंगलबार जिल्ला अदालतमा मुद्दा हालेको छ। आफन्तले प्रहरी  स्रोत :नागरिक न्युज  
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login