अपहरणमा परेका युवकको हत्या

सर्लाही, कार्तिक २७ - नौ दिन अघि अज्ञात समूहद्वारा अपहरित सर्लाहीको शंकरपुर गाविस–७ का २८ बर्षीय विजय रायको  आइतबार हत्या भएको छ ।  हत्या गरेर सिमावर्ती त्रिभुवननगर गाविसको दसगजा नजिक फ्यालिएको अवस्थामा आज अपरान्ह्र प्रहरीले शव फेला पारेको हो ।  मोटरसाइकलमा घर जाँदै गर्दा औरही गाविसको ढ्यांग्रा खोला नजिकै १९ गते राति ५/६ जनाको समूहले उनको अपहरण गरेको थियो । ढाडमा एक गोली हानिएको र घाँटी थिचिएको अवस्थामा फेला परेको रायको शव उनको परिवारले सनाखत गरेको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए ।  प्रहरीका अनुसार भारततर्फ हत्या गरेर शव नेपाल तर्फ दशगजा भन्दा करिब १० फिट यता फ्यालिएको हो । शवसँगै अपहरणकारीले हत्या गर्नुको कारण खुलाएर पत्र समेत छाडेका छन् ।  अपह्रिरतले प्रशासनको सहयोग लिएकोले हत्या गरिएको पत्रमा उल्लेख भएको जोशीले बताए । 

source:-kantipur


Tags: ,

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login