अवैध गर्भधारण गराउने पक्राउ

पर्वत, असोज २३/आफन्त नाता पर्ने महिलालाई अवैध गर्भधारण गराएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्वतको पाङ-६ का २० वर्षीय तीर्थबहादुर बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।   बिकले सोही ठाउँकी ३० वर्षीया माया बिकलाई अवैध गर्भधारण गराएको बताइएको छ । मामाको छोरा (भाइ) नाता पर्ने तीर्थको गर्भधारण गरेकी मायाले तीन दिनपहिले ६ महिनाको मृत शिशुलाई जन्म दिएकी थिइन् ।   मायाको प्रहरी नियन्त्रणमा पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । श्रीमान् विदेशमा भएको बेला परपुरुषसँग सहवासबाट गर्भधारण गरेकी मायालाई पेट दुखेको बताएपछि उपचारका लागि लैजाने क्रममा मृत शिशु जन्माएको स्थानीयवासीले जानकारी दिएका छन् ।   पक्राउ परेका तीर्थले आफू र मायाका बीचमा सहवास भएको स्विकार्दै गर्भ रहेकोबारे मायाले जानकारी नदिएको बयान प्रारम्भिक सोधपुछका क्रममा प्रहरीलाई दिएका छन् । मायाका पति भने आठ वर्षसम्म रोजगारीका लागि विदेशमा रहेका थिए । उनी दुई महिनापहिले मात्र घर फर्केका हुन् । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login