खाग तस्करीको आरोपमा दुई तिब्बतीसहित १७ जना पक्राउ


रमेशकुमार पौडेल, चितवन, कात्तिक ८- दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा मारेर खाग बिक्री व्यवसायमा संलग्न भएको शङ्कामा चितवन राष्ट्रिय निकुञ्जले दुईजना तिब्बती नागरिकसहित १७ जनालाई समातेको छ। उनीहरु सबैलाई मङ्गलबार सार्वजनिक गरियो। समातिनेमा दुई महिला पनि छन्।     उनीहरु एक हप्ताको बीचमा पक्राउ परेका हुन्।   नेपालमा गैंडा मार्नेदेखि खाग विदेश पठाउनेसम्मका पाँच चरणका काम हुन्छ। 'समातिनेहरु गैंडा मार्ने, खाग बुझ्ने, अनि त्यो खाग किन्ने स्थानीय व्यापारी, स्थानीयबाट लिने उपल्लो तहका व्यपारी र ती व्यापारीबाट पनि किनेर तिब्बत पठाउने तहका मान्छे हुन्'- चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए।  निकुञ्जको टोलीले असोज २९ गते नवलपरासीको त्रिवेणीबाट दुई जनालाई समातेको थियो। उनीहरुबाट नेपाली रुपियाँ ४ लाख २० हजार र भारतीय रुपियाँ ३ लाख बरामद भएको निकुञ्जले जानकारी दिएको छ। प्युठान जिल्ला लुङ्ग गाविस-९ का ४६ वर्षीय महेश्वर केसी र प्युठान पकला गाविस-९ की २२ वर्षीया सुष्मा खनाल त्रिवेणीमा समातिएका हुन्।  'उनीहरु खाग किन्न आएका छन् भन्ने सुराकका आधारमा हामी गएका थियौं', चितवन निकुञ्जका रेञ्जर रुपक महर्जनले भने- अनि त्यो खाग काठमाडौं बेच्ने गर्छौ भन्ने कुरा उनीहरुले हामीलाई भने, त्यसैका आधारमा थप तीन जना समातिए। निकुञ्जको टोलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा कात्तिक १ गते काठमाडौंमा तीन जनालाई समाएको हो।  काठमाडौंबाट समातिने तीनमध्ये दुई जना तिब्बतीयन हुन्। निकुञ्जका अनुसार स्थायी ठेगना तिब्बत भई काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारी बस्ने वर्ष ७० का हिसी लामा र वर्ष ६८ का तान्जिङ निमा लामासहित बौद्ध नै बस्ने स्थायी ठेगना हुम्ला बरगाउँ-८ भएका ३७ वर्षीय आङजिङ लामा समातिएका हुन्।  त्यस्तै निकुञ्जले कात्तिक २ गते नवलपरासीको अग्यौली गाविसबाट तीन जनालाई समाएको छ भने  कात्तिक ३ गते चितवनको माडीबाट पाँच जनालाई गिरफ्तार गरेको छ। 'अहिलेसम्मको अनुशसन्धानले गैंडा मारेर खाग झिकेको ठाउँ माडी हो भन्ने खुलेको छ'- रेञ्जर महर्जनले भने। त्यस्तै कात्तिक ६ गते नवलपरासीको बुलिङटारबाट एक जना र ७ गते पनि नवलपरासीबाटै तीन जना समातिएका छन्।  खाग भने बरामद नभएको निकुञ्जको भनाई छ। निकुञ्जबाट प्राप्त जानकारीअनुसार गत वर्षको पुसयता चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा चोरी सिकारीले गैंडा मार्न पाएका छैनन्। त्यसैले पुरानो खाग सङ्कलन गरेर राखेकाहरुले अहिले त्यसलाई बेच्ने प्रयास गरेको निकुञ्जको शङ्का छ। त्रिवेणीबाट समातिनेले यसअघि पनि एउटा खाग बेचेको बताएका छन्।  'पक्राउ परेकालाई आज सार्वजनिक मात्रै गरेको हो।  उनीहरुमाथि छानबिन हुँदैछ। संलग्नता छ या छैन पछि नै खुल्नेछ'- चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर काकीले भने। वन्यजन्तु अपराधमा सजाय तोक्ने या सफाई दिने दायित्व प्रमुख संरक्षण अधिकृतको हो। अपराध प्रमाणित भएमा ५० हजारदेखि एक लाख रुपियाँ जरीवाना, पाँचदेखि १५ वर्षसम्म कैद या जरिवना र कैद दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login