दुर्घटनामा दुईको मृत्यु

पाल्पा, असोज २३ - पूर्वी पाल्पाको दर्छा गाविस ३ गिजिन डाँडामा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। एकजनाको घटनास्थलमै र अर्का एक बालकको उपचारका लागि तानसेन लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ प्रहरीले जनाएको छ।        रामपुरबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६५२६ नम्बरको टक्र आइतबार दुर्घटना हुँदा ट्रकका सहचालक दर्छा ८ खोप्टारका २५ बर्षीय रामचन्द्र पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका स्याङ्गजा चिन्नेबास काँडे स्थायी घर भई रामपुर ३ मटेरीमा बस्दै आएका ९ बर्षीय बालक तेजेन्द्र रानाको उपचार गर्न सदरमुकाम तानसेन लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। उनको टाउँको र हातमा गम्भीर चोट लागेको थियो। रानाकी आमा ३४ बर्षकी देबीका राना सामान्य घाइते भएकी छन्। ट्रकका चालक दर्छा १ पाल्पाका प्रेम जर्घा गम्भीर छन्। घाइतेको प्राथमिक स्वास्थ्यकेन्द्र रामपुरमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रवास तानसेनमा उपचार भइरहेको छ। ट्रक सडकबाट करिब तीनसय मिटर तल खेतमा खसेको थियो।

source:-nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login