एसएसपीको विदाई


बिनोद नेपाल, सर्लाही :-भर्खरै सरुवा भएका जनकपुर अंचल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज सिलवाललाई बुधबार सर्लाहीमा पनि विदाई गरिएको छ । सिलवालको काठमाण्डौ स्थित लागु औषध नियन्त्रण ईकाईमा सरुवा भएको हो । सिलवाललाई सर्लाहीका प्रहरी उपरीक्षक मोहनराज जोशी, नेपाल पत्रकार महासंघका सभापति रोशन न्यौपाने कान्तिपुरका अमन कोइराला, नव परिचर्चा साप्तहिकका सम्पादक चूडामणी वाग्ले कार्यकारी सम्पादन टंक क्षेत्री, एबीसी टेलिभिजनका शाशि देवकोटा, हरिवन उद्योग वाणिज्य संघका मोहन श्रेष्ठ, नवराज घिमिरे प्रयागराज पोते लगायतले विभिन्न मायाको चिनो सहित कर्मैयाबाट अपरान्ह विदाई गरेका थिए । कार्यक्रममा ईलका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक केपी शर्मा, ईलाका प्रहरी कार्यालय ईश्वरपुरका गणेश श्रेष्ठ लगाएत प्रहरी अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।
जनकपुर वस्दा सिलवालले विवाद रहीत काम गरेको र जनकपुर अंचलको शान्ति सुरक्षामा उल्लेख्य भूमिका खेलेको वताईन्छ । गीतकार समेत रहेका सिलवाल प्रहरी संगठन भित्र स्वच्छ एवं वौद्धिक व्यक्तिच्व मानिन्छन् । काठमाण्डौ जिल्लामा समेत प्रमुख भएर कार्यभार सम्हालि सकेका सिलवाल प्रहरीको माथिल्लो पदमा पुग्न योग्य रहेको एक प्रहरी अधिकृतले बताए ।
यसै बीच शान्ति सुरक्षाको अवस्था तथा अवैध कार्य नियन्त्रणमा सर्लाहीका प्रहरी उपरीक्षक मोहनराज जोशी गृह मन्त्रालयको तेस्रो नम्बरमा परेको बताईएको छ । प्रहरी स्रोतका अनुसार पर्साका रमेश खरेज पहिलो र मोरंगका प्रद्युम्न कार्की दोस्रो नम्बरमा परेका छन् । मन्त्रालयले पछिल्लो नीति अनुसार हरेक महिना ७५ वटै जिल्लाको शान्ति सुरक्षा लगाएत विविध पक्ष नजिकबाट नियाल्ने गरेको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login